चितवन । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति चितवनले शुक्रबार जनताको साथमा काङ्ग्रेस अभियानको शुभारम्भ गरेको छ । काङ्ग्रेस जिल्ला कार्यसमितिले शुक्रबार नारायणगढमा एक समारोहकाबीच जनताको साथमा काङ्ग्रेस अभियानको शुभारम्भ गरेको हो । सोही क्रममा कांँग्रेसले तिज बिशेष कार्यक्रमको पनि आयोजना गरेको थियो ।
शुभारम्भ समारोह तथा तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सह महामन्त्री डिना उपाध्यायले ससदिय निर्वाचन हार्ने छुट नेपाली काङ्ग्रेसलाई नभएको बताउनु भयो । उपाध्यायले आगामी मसिर ४ गते हुने संसदिय निर्वाचनमा हार खाने र हार्ने छुट नेपाली काङ्ग्रेसको कुनै तह र तप्काका नेता कार्यकर्तालाई नभएको समेत स्पष्ट पार्नु भयो । ‘मंसिर ४ को चुनाव कुनै पनि हालतमा जित्नु पर्छ ।’ उपाध्यायले भन्नुभयो ।
पार्टी माथी लागेको आरोपको बारेमा जनताका माझमा गएर प्रष्ट संग कुरा राख्ने उद्देश्यका साथ अभियान चलाएको उहाँको भनाइ थियो ।