हाम्रो बारेमा
हाम्रो बारेमा
सूचना प्रविधिको द्रुत विकाससँगै संचार माध्यममा पनि पछिल्ला बर्ष व्यापक विकास भएका छन् । पत्रकारिताको इतिहासमा कुनै बेला छापा माध्यमको दबदबा थियो । विस्तारै त्यसलाई रेडियोले चुनौति दियो । त्यस पछि रेडियोलाई टेलिभिजनले । सन् असीको दशकको अन्त्य सँगै विकास भएको इन्टरनेटले सञ्चारमा व्यापक उलठपुलठ ल्यायो । अहिले छापा, रेडियो र टिभी जस्ता परम्परागत माध्यमहरुलाई इन्टरनेटमा आधारित अनलाईन न्यूज पोर्टलहरुले चुनौती दिईरहेका छन् । पछिल्लो समय पत्रकारितामा सबैभन्दा कान्छो माध्यमको रुपमा अनलाईन वा डिजिटल पत्रकारिता स्थापित हुँदै गएको छ ।
विश्वकै इतिहास पछ्याउँदै नेपालको पत्रकारिता पनि छापा माध्यम, रेडियो र टिभी हुँदै अनलाइन पत्रकारितामा आइपुगेको छ । सँगसँगै व्यापक हुन पुगेका समाजिक सञ्जालले पनि जनसञ्चारमा आफ्नै प्रभाव जमाएका छन् । नेपालमा सूचना प्रविधिको विकास र इन्टरनेटको पहुँच बढेसँगै अनलाइन संस्करणमा पाठक, श्रोता, दर्शकहरुको आकर्षण बढ्दै गएको छ । देशको जनसंख्याको झण्डै ८० प्रतिशतको पहुँचमा इन्टरनेट पुगेको सरकारी तथ्याङ्क मान्ने हो भने पनि अनलाइन समाचारले थप प्रभाव जमाउँदै जाने देखिन्छ । आफूले चाहेका समाचार, सूचना, शिक्षामुलक सामग्रीका साथै मनोरञ्जन समेत सहजै उपलब्ध हुनेमात्र होइन पढ्ने, सुन्ने, हेर्ने सामग्री सहित मल्टिमिडिया सुविधा एक माध्यमबाट पाइने भएकोले पनि अनलाइन सञ्चारमाध्यमको लोकप्रियता बढ्दै गएको हो ।
अनलाइन समाचारको लोकप्रियता बढेसँगै नयाँ अनलाइन खुल्नेक्रम पनि तीब्र छ । हाल झण्डै २६०० अनलाइन समाचार पोर्टल सरकारमा दर्ता भएका छन् । तर संख्यात्मक रुपमा अनलाइन समाचार माध्यमको व्यापकता बढेपनि पछिल्ला दिनहरुमा यिनीहरुको विश्वसनियतामा प्रश्न चिन्ह उठ्दै गएको छ । अनलाइन समाचारको भीडमा प्रयोगकर्तालाई कुन समाचारलाई विश्वास गर्ने भन्ने अन्यौल हुने गरेको छ ।
गुणस्तरीय भन्दा संख्यात्मक रुपमा खुलेका यस्ता न्यूज पोर्टल र युट्युब जस्ता सामाजिक सञ्जालले गर्दा समाचारको विश्वसनियता हराउँदै गएको देखिन्छ । यतिका धेरै अनलाइन पोर्टलहरु सञ्चालनमा आए पनि औंलामा गन्न सकिने पोर्टलहरुमात्र स्थापित हुन पुग्नुबाट पनि यो समस्यालाई उजागर गरेको छ ।
न्यूज पोर्टलहरुको देखिएका यस्ता चुनौतिहरुबीच हामीले डिजिटल समाचारको दुनियामा फरक प्रस्तुतिमात्र होइन सत्यतथ्य समाचारको भावनालाई मुलमन्त्र मानी सत्यतथ्य समाचार डटकम सञ्चालन गर्ने तयारी गरेका हौं । पत्रकारिताका मुल सिद्दान्तहरु निर्भिकता, निश्पक्षता, सम्पादकीय स्वतन्त्रता, सदाचारिता, जिम्मेवारीपन र इमान्दारितालाई शिरोधार्य गरी स्थानीय परिवेश देखि विश्व परिप्रेक्षलाई समेटेर आवाजविहिनको आवाजलाई मुखरित गर्ने प्रयास गर्दैछौं । निगरानी भूमीका सशक्त बनाउँदै समाचार, विचार, विश्लेषण मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण र खबरदारी गर्दै स्वच्छ , स्वस्थ समाज निर्माणको परिकल्पना गर्न हामीले यो पोर्टल सञ्चालनमा ल्याएका हौं ।
समाचारका बिषयबस्तु, सामाग्रीलाई फरकशैली, रोचक र घोचक रुपमा पस्कने दृढताका साथ आमसञ्चार बिषयमै दख्खल र यो क्षेत्रमा लामोसमयसम्म अनुभव संगालेकाहरुको समुहद्वारा यो अनलाईन पोर्टल सञ्चालन गरेका छौं । चितवन आधार क्षेत्र एवं प्रधान कार्यालय यहीनै रहने गरी हामीले देश तथा विदेशका राजनीतिक, आर्थिक, सामाजिक, बिषयवस्तुलाई प्राथमिकतामा राखी मार्फत आम पाठक, दर्शक , श्रोतालाई द्रुतरुपमा समाचार पस्कने प्रतिबद्धता हाम्रो छ ।
आगामी दिनमा यसका न्यूज पोर्टल प्रयोगकर्ताको रुची, प्रतिकृया र सुझावका आधारमा हामीले यहाँहरु समक्ष पस्कने सामग्रीहरुमा पनि सुधार र गुणस्तरीयतामा सुधार गर्दै जाने छौं । हामीले यो न्यूज पोर्टल नेपाली भाषाका साथसाथै अंग्रेजीमा पढ्न चाहनेलाई लक्षित गर्दै दुबै भाषामा समाचार, लेख, मनोरञ्जन र ज्ञानमुलक विषयवस्तुलाई समेट्ने कोशिश गरेका छौं । अनलाइन समाचारको भीडमा उदाएको यो न्यूजपोर्टल समाज परिवर्तनको लागि मार्गनिर्देशक बन्नेछ भन्ने विश्वास लिएका छौं । तपाईहरुको साथ, सहयोग र विश्वासले यस न्यूज पोर्टलले छिट्टैनै उचाई चुम्नेछ भन्ने आशा हामीले लिएका छौं ।
धन्यवाद ।