चितवन । चितवनमा कपडा बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार राती ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित टिकौली जंगलमा पूर्वबाट पश्चिम तर्फ आउंँदै गरेको ना ७ ख ५८५२ नम्बरको कपडा लोड भएको ट्रकलाई चेकजांँचको क्रममा नियन्त्रणमा लिईएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विरगञ्ज भन्सार कार्यालयबाट जारी भएको प्रज्ञापन पत्र र साथमा राखेको सामान खरिदको बिलमा उल्लेख भएको सामानको परिमाण, किसिम र मुल्य समेत फरक रहेको पाईएकोले उक्त ट्रक सामान बिल समेत बरामद गरिएको हो । ट्रक चालक पर्सा जिल्ला बिरगंज महानगरपालीका वडा नं. ९ का संजय कुमार कुशवाहालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरीक राजश्व कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु