काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । हाम्रो मित्र युवा समूहले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा नेता सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । “जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईंले आवाज उठाइदिनु पर्यो भन्छन् । जनताका ती जायज माग हुन्,” उनले भने, “सरकारले कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनु पर्दछ ।”
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु