चितवन । भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा सुरु भएको स्व विनिता पौडेल स्मृति नाइन ए साइड फुटबलमा जोडा एफसीले विजयी सुरुवात गरेको छ ।
आज (शुक्रबार) भएको उद्घाटन खेलमा जोडाले हातेमालो एफसीलाई टाईब्रेकरमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १÷१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो ।
खेलमा अग्रता भने हातेमालोले लिएको थियो । पहिलो हाफमा निराजन घिसिङले गोल गर्दै हातेमालोलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा जोडाले गोल फर्कायो । जोडाका लागि अनिल राना मगरले बराबरी गोल गरे । बाँकी समयमा थप गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलियो ।
प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुनेछ । पहिलो खेल ३स्३० बजे चौधरी मोटार वर्कसप खैरहनी र गीतानगर एफसीबीच हुनेछ । दोस्रो खेलमा दिउँसो ४स्३० बजे न्यु दिव्यज्योती एफसी र जनपथ एफसी भिड्ने आयोजकले जनाएको छ ।
दिव्यज्योती एफसीको आयोजनामा सुरु भएको प्रतियोगितामा चितवन र मकवानपुरमा २० टोली सहभागी छन् । १४ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बिभिन्न पाँच विधामा विधागत उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।