चितवन । ग्रैह सरकारी संस्था रोटरी क्लब अफ चितवनले पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौलीमा बृक्षारोपण कार्यक्रम गरेको छ । आज नेपालीहरुको पर्व साउन १५ गते खिर खाने दिनको अवसर पारेर क्लवले सो क्षेत्रको सांँढे दुईकिलोमिटर दुरीमा ६०० राजबृक्षको वृक्षारोपण गरेको हो ।
बृक्षारोपण गर्नु पूर्व रोटरीले आयोजना गरेको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिभिजन वन कार्यालय चितवनका प्रमुख पदम राज नेपालले यस्ता बृक्षारोपण कार्यालयले पर्यावरण जोगाउन र वातावरण सन्तुलन गर्न सहयोग पुग्ने बताउनुभयो । पछिल्लो समय क्लाईमेट चेञ्जले चुनौति दिएको भन्दै नेपालले रोटरीले गरेको वातावरण संरक्षणप्रतिको कार्यको सह्राराना व्यक्त गर्नुभयो ।
सो अवसरमा बोल्दै क्लबका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जन्माउने दायित्व मात्र नभई हुर्काउने दायित्व पनि रोटरीको हुने बताउनु भयो । बृक्षारोपण गरेर चितवन रोटरीले पर्यावरणको लागि उत्कृष्ट र नमुनायोग्य काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रोटरी इन्टरनेशनल जोन ३० का एसिस्टेण्ड गभर्नर नारायण प्रधानले बृक्षारोपण भन्दा पनि विरुवाको संरक्षण गर्नु मुख्य कुरा भएको बताउनु भयो । उहांँले बृक्षारोपण मात्र नभई उसलाई हुर्काउने बढाउने जिम्मा पनि रोटरीको हुनुपर्ने भन्दै यसले रोटरीलाई चिनाउन मदत पुग्ने बताउनु भयो ।
रोट्याक्ट क्ल अफ चितवनका अध्यक्ष सौगात अर्यालले शुक्रबार परेको मित्रता दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो । रोटरी क्लव अफ चितवनका सदस्य ओम गौचनको संयोजकत्वमा भएको कार्यक्रममा टिकौली स्थित राजमार्ग छेउमा ६ सय विरुवा रोपिएको हो । कार्यक्रममा क्लबका सदस्य, रोट्रक्याक्ट क्लब अफ चितवन, स्पाउज क्लब अफ आर सि चितवनका सदस्य लगायतको सहभागिता रहेको थियो । रोट्रयाक्ट क्लब अफ चितवन र स्पाउज क्लब अफ आरसि चितवनको सहकार्यमा आयोजना गरिएको कार्यक्रम क्लबका सचिव गोपाल भट्टराईले संचालन गर्नु भएको हो ।