चितवन । समृद्धि फाइनान्स कम्पनी लिमिटेड नारायणगढ शाखाले भरतपुरको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले संस्थागत सामुदायिक उत्तरदायित्व अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय आधारभुत विद्यालयलाई सामाग्री वितरण गरेको हो ।
उक्त विद्यालयमा आज एक कार्यक्रमका बीच ८० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको कम्पनीका शाखा प्रबन्धक विकास सापकोटाले जानकारी दिनुभयो । ‘यसअघि हामीले रक्तदान, सरसफाई ज्येष्ठ नागरिक सम्मान , बृक्षारोपण गरेका थियौं उहांँले भन्नुभयो , अहिले विपन्न विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामाग्री वितरण गरेका हौं ।’ विद्यालयका विपन्न विद्यार्थीलाई अध्ययन गर्न प्रोत्साहन र सहज होस भन्ने हेतुले शैक्षिक सामाग्री वितरण गरिएको सापकोटाको भनाई छ ।
आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने उहांँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हालसम्म देशका ६ वटा शाखाबाट सेवा सञ्चालन गर्दै आएको कमपनीले निकट भविष्यमा इटहरी र जनकपुरमा शाखा थप गर्न लागिएको सापकोटाले जानकारी दिए । यो कम्पनी राष्ट्रबैंकबाट ग बर्गमा इजाजत प्राप्त वित्तिय संस्था हो ।