चितवन । गोल्छा ग्रुप आयात कर्ता रहेको प्रदेश स्तरीय अल्फा इलेक्ट्रोनिक्स आधिकारिक विक्रेता रहेको सुप जनरल कम्पनीको चितवनमा मात्रै पांँचवटा शाखा सञ्चालनमा आएका छन । यस कम्पनीबाट उत्पादित इलेक्ट्रोनिक्स सामानको बिक्रेताको रुपमा पांँचौ आउटलेट एमबी ट्रेडसले नारायणगढको मेनरोडमा सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्धघाटन गरे ।
उद्धघाटन पछि बोल्दै श्रेष्ठले चितवन देशकै दोस्रो व्यापारिक केन्द्र बन्न सफल भएको भन्दै विदेशमा उत्पादित गुणस्तर सामान स्थानीय स्तरमा पाउनु गर्वको बिषय भएको बताए । अहिले आर्थिक मन्दीका कारण हरेक व्यवसाय शिथिल भएको अवस्थामा घरायसी र कार्यालयमा प्रयोग गरिने सामानको शोरुम र पसल सञ्चालनमा आउनु सुखद पक्ष भएको बताए । पछिल्लो समय उपभोक्ताको समेत क्रयशक्ति कम भएको भन्दै उनले यस्ता सामानहरुमा सरकारले सहज रुपमा आयात गर्न दिएको र उपभोक्ताले सहज र सस्तो रुपमा उपलब्ध भएको बताए ।
एमबी ट्रेडर्समा होम एपलायन्स तथा कार्यालयमा प्रयोग हुने ३५० वटा भन्दा बढी प्रकारका सामान बिक्री गरिने एमबि ट्रेडर्सका संञ्चालक किसन गुप्ताले बताए । विदेशबाट आउने सामान र ब्राण्डमा गुणस्तर कम र मुल्य महंगो भएकोले आफूले सुपर जनरल स्टोर्सका सामानहरु विक्री गर्न लागिएको गुप्ताको भनाई छ । ‘बढ्दो प्रतिस्पर्धात्मक बजारमा विकल्पको रुपमा हामीले यो कम्पनीका सामानको बिक्री शुरु गरेका हौं, उनले भने, यी सामान गुणस्तरीय, र तुलनात्मक रुपमा अन्य कम्पनीका भन्दा सस्तो छ । ’ यहांँ तीनहजार पांँचसय देखि ३ लाख सम्मका घरायसी तथा कार्यलयामा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान पाईने गुप्ताको भनाई छ ।