चितवन । नेपाल प्रेस युनियन चितवनले नवनिर्वाचित केन्द्रिय सदस्य अर्जुन अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ भने प्रेस युनियन जिल्ला कार्यसमिति सदस्य कमलमान श्रेष्ठलाई विदाई गरेको छ । आज भरतपुरमा युनियन शाखामा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान र विदाई गरेको हो । केन्द्रीय सदस्य अधिकारी नवौ अधिवेशनबाट बाग्मती प्रदेशबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन भने श्रेष्ठ बैदेशिक रोजगारीका लागि जापान जाने तयारीमा छन ।
महासंघ केन्द्रीय सचिब सृजना अर्याल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले सम्मान तथा बिदाई गर्नुभएको हो । सम्मान ग्राहण पछि केन्द्रीय सदस्य अधिकारीले पत्रकारहरुकोहक हितमा काम गर्न संगठन तयार रहेको बताउनुभयो । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन प्रेस युनियन लागिपर्ने उहाँले बताउनुभयो ।
सो अबसरमा श्रेष्ठले युनियनको मायाँ र सद्भाव प्रति आभार व्यक्त गर्नुभयो । पत्रकारिता क्षेत्रमा युनियनलाई बलियो वनाउन आफ्नो सदैब सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रको बिकासमा युनियनले योगदान गर्नुपर्ने बताउनु भएको थियो । सो अबसरमा बोल्दै अर्यालले भन्नुभयो, ‘पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउन आबश्यक छ ।’ पत्रकारिता क्षेत्रको विकासका लागि सबै एक हुनुपर्ने उहाँको भनाईथियो । नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, युनियन चितवनका उपाध्यक्ष सूर्य अधिकारी, सचिब प्रस्ताव सुबेदीले बोल्नुभएको थियो ।
प्रेस युनियन चितवनद्धारा केन्द्रिय सदस्य अधिकारीको स्वागत र सम्मान
प्रेस युनियन चितवनद्धारा केन्द्रिय सदस्य अधिकारीको स्वागत र सम्मान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु