चितवनः एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार इश्वर जोशी पुरस्कृत हुनु भएको छ । एक्सपर्ट एजुकेसन भिजा सर्भिसेसको १९ औं बार्षिकोत्सबको अबसरमा आज यहाँ आयोजित एक कार्यक्रमका बिच जोशीलाई पुरस्कृत गरिएको हो ।
सर्भिसेसले प्रत्येक बर्ष पुरस्कार प्रदान गर्ने गरी पहिलो पटक जोशीलाई पुरस्कृत गरेको हो । नगद रु २५ हजार १११ सहित जोशीलाई पुरस्कृत गरिएको हो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले जोशीलाई सम्मान पत्र र नगद सहित सम्मान गर्नुभएको थियो ।
सम्मान पछि बोल्दै अधिकारीले शिक्षा क्षेत्रलाई अझै म¥यादीत वनाएर लैजानु पर्ने बताउनुभयो । पछिल्लो सय उच्च शिक्षाका लागि बिदेश जानेहरु सुरक्षित रुपमा जानु आजको आबश्यकता रहेको उहाँको भनाई थियो । बैदेशीक शिक्षामा जाने बिद्यार्थीहरुलाई नेपालमानै रोक्ने गरि शिक्षा क्षेत्रको बिकास हुनु पर्ने उहाँले बताउनुभयो । चितवन स्वास्थय संगै शिक्षाको समेत हबको रुपमा रहेको उहाँको भनाई थियो ।
सर्भिसेस चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनाल, हिसानका केन्द्रिय सदस्य भूपेन्द्र धिताल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, सर्भिसेस चितवनका निर्देशक डिल्लीराम अधिकारी लगाएतले बोल्नु भएको थियो ।
बार्षिकोत्सबको अबसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । एक्सपर्टले नेपाल सहित १५ देशमा ५० शाखा मार्फत सेवा दिदैं आएको छ ।