चितवन । चितवनमा राजश्व छलेर ल्याएको ५५ लाख मुल्य बढीको चिनीसहित ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पराजुली खाद्य उद्योग अगाडि रोकेर राखिएको लु २ ख १०३२ नम्बरको ट्रकलाई फेलापारी चेकजांँच गर्दा ५५ लाख ६९ हजार रुपैंया बराबरको चिनी फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आईतवार दिउसो २ बजे खैरहनी नगरपालिका वडा नम्बर .६ पुरानो पर्सामा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको चिनी लोड भएको लु २ ख १०३२ नम्वरको ट्रक छ भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोलीले उक्त ट्रक ं खानतलासी गर्दा प्रति बोरा ५० किलो भएको ४२० वोरामा २१० क्युन्टल चिनी भन्सार छली ल्याएको बरामद भएकोे हो । सो परिमाणको चिनीका बोराहरु भएको ट्रक राजश्व छली गरी ल्याएकोले चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरीले जनाएको छ ।
खैरहनीमा राजश्व छलेर ल्याएको ५५ लाख मुल्य बढीकोे चिनीसहित चालक नियन्त्रणमा
खैरहनीमा राजश्व छलेर ल्याएको ५५ लाख मुल्य बढीकोे चिनीसहित चालक नियन्त्रणमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु