सूर्यप्रसाद अधिकारी, चितवन । गत आर्थिक बर्ष ०७८,०९ मा चितवन राष्ठ्रिय निकुञ्जले ३ करोड बढी राहत वितरण गरेको छ । निकुञ्जले मानवीय क्षति ,पशुधन क्षति र भौतिक क्षति भएका परिवारलाई एकर्षमा ३ करोड ४ लाख ७३ हजार ३८७ रुपैंया राहत वितरण गरेको हो ।
कार्यालयका अनुसार सो अवधिमा वन्यजन्तुबाट सामान्य घाईते भएका परिवारका लागि ५ लाख ३७ हजार ९५४ रुर्पैया, सख्त घाईते भएकालाई २९ लाख ११ हजार ७७३ रुपैंया, वन्युजन्तु बाट मृत्यु भएका परिवारलाई २ करोड २० लाख रुपैंया राहत वितरण गरिएको हो ।
यसैगरी पशुधनको क्षति भएका परिवारलाई १७ लाख ८२ हजार २० रुपैंया , भण्डारण गरेको अन्नको क्षति वापत ५४ हजार ४४० रुपैंया, घरगोठको क्षति भएकाहरुलाई १ लाख ४७ हजार ३०० र अन्नबालीको क्षति भएका परिवारको लागि ३० लाख ९९ हजार ९०० रुपैंया राहत वितरण गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
सो अवधिमा सामान्य घाइते २९ जना, सख्त घाईते २४ जना र २२ जनाको मृत्यु भएको थियो ।
यसै गरी अन्य घटनाहरु मध्ये पशुधनको क्षति १४८ वटा, भण्डारण गरेको अन्नको क्षति ६ वटा, घरगोठको क्षति १९ वटा र अन्नबालीका क्षतिको घटना ४७६ वटा भएका थिए ।
कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले अघिल्ला बर्षभन्दा गतबर्ष वन्यजन्तु आक्रमण र क्षतिका घटना बढेको बताए । ‘पछिल्लो समय वन्यजन्तुबाट हुने क्षतिका घटनामा बृद्धि भएको देखिन्छ , उनले भने, वन्यजन्तुको संख्यासंँगै बासस्थानको अतिक्रमणले पनि हुन सक्छ ।’ क्षतिका घटना बढेसंँगै गतबर्ष राहत वितरणमा पनि बृद्धि भएको उनले बताए ।
निकुञ्जको कोर इलाकामा पनि मानवीय क्षति भएकाले राहत रकम नपाउने वन्यजन्तुले कोर इलाका भन्दा बाहिर भएका क्षतिका घटनाहरुलाई मात्र राहत वितरण गर्ने प्रावधान रहेको उनले जानकारी दिए । कतिपय पीडित परिवारको राहतको प्रक्रियामा रहेको र प्रक्रिया पुगेकालाई मात्र राहत वितरण गरिएको तिवारीले बताए ।