सूर्यप्रसाद अधिकारी, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक बर्ष ०७८,७९ मा झण्डै सांँढे ११ करोड रुपैंयांँ राजश्व संकलन भएको छ । सो अवधिमा कार्यलयले ११ करोड ४९ लाख ९७ हजार ४१३ रुपैंया राजश्व संकलन गरेको हो । निकुञ्ज कार्यालयका अनुसार सो अवधिमा १ लाख ९० हजार ४५८ जनाले निकुञ्ज भ्रमण गरेका थिए । ती मध्ये १ लाख ५५ हजार ६७१ जना , सार्क देशका १९ हजार ९७९ जना र अन्य देशका १४ हजार ८०८ जना रहेका छन ।
सबैभन्दा बढी राजश्व संकलन बैशाखमा
निकुञ्जमा सबैभन्दा बढी राजश्व संकलन बैशाख महिनामा भएको छ भने सबैभन्दा कम राजश्व संकलन भदौमा भएको छ । जसअनुसार बैशाख महिनामा २ करोड ७ लाख १७ हजार दुईसय दशमलब ४९ पैसा राजश्व संकलन भएको छ भने भदौ महिनामा ६ लाख ५४ हजार २८५ रुपैंया संकलन भएको छ ।
यस्तै कार्यालयले साउन महिनामा २५ लाख २५ हजार ८सय रुपैंया ,असोज महिनामा ३३ लाख ७५ हजार ५४६ दशमलब ५० पैसा, कार्तिक महिनामा ७७ लाख ८५ हजार २९५ दशमलब ७० पैसा, मंसीरमा ९९ लाख ८८ हजार ३०८ रुपैंया, पुषमा १ करोड २८ लाख ४४ हजार ५६७ दशमलब ५६ पैसा र माघ महिनामा ४६ लाख ३९ हजार २७८ दशमलब ५६ पैसा राजश्व संकलन गरेको छ ।
यस्तै कार्यालयले फागुन महिनामा १ करोड २०९ लाख ५ हजार ११५ रुपैंया, चैतमा १ करोड ८३ लाख ४९ हजार ११२ दशमलब ९४ पैसा, जेष्ठ महिनामा १ करोड ६२ लाख ४४ लाख ८१२ दशमलब ८९ पैसा र असार महिनामा ६२ लाख २८ हजार ८९ दशमलब ३९ पैसा संकलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले अघिल्लो बर्षभन्दा झण्डै तेब्बरले राजश्व संकलन भएको बताउनु भयो । ‘अघिल्ला बर्षहरुमा कोरोनाका कारण पर्यटकीय गतिविधि ठप्पै भयो । उक्त बर्ष सांँढे ४ करोड मात्रै संकलन भएको थियो , उहांँले भन्नुभयो , कोरोना कम भएपछि पर्यटकको चापपनि ह्वात्तै बढ्यो ।’ चितवनको पर्यटन जंगल सफारीमा भरपर्ने भएकाले बर्षाको सिजनमा जंगल सफारीको काम ठप्प हुने र हिउंँद लागेसंँगै र नयांँबर्षमा जंगल सफारी गर्ने पर्यटकको संख्या बढ्ने तिवारीको भनाई छ ।
निकुञ्जले पर्यापर्यटन ,काठदाउरा बिक्री, गैर काष्ठवनपैदावर बिक्री, दण्ड सजायँ र अन्य शिर्षकबाट राजश्व संकलन गर्ने गर्दछ ।