चितवन । चितवनमा एसआई युके नेपालको ‘बृहत एजुकेशन फेयर २०२२’ मा उत्साहजनक सहभागिता भएको पाईएको छ । बेलायतमा उच्च शिक्षा लिन चाहाने नेपाली विद्यार्थीहरुका लागि एसआई युके नेपालले शनिबार) भरतपुर गार्डेन रिसोर्टमा आयोजना गरेको ‘बृहत एजुकेशन फेयर २०२२’ सम्पन्न गरेको हो ।
एजुकेसन फेयरको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरे । उद्घाटन पछि उनले एसआई युकेले विश्वका ४० देशमा ७९ ग्लोबल अफिस मार्फत सेवा दिईरहेको भन्दै गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।
उनले यस्ता खालको संस्था सञ्चालन गरी लगानी गर्न आवश्यक रहेको भन्दै उहाहरुलाई सरकारले पनि सहयोग गर्नु पर्ने बताए ।
शैक्षिक मेलामा १५ जना बेलायतका कलेज, विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधिहरुले ३२५ विद्यार्थीलाई परामर्श दिएका थिए ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले आयोजना गरिएको शैक्षिक मेला भव्य रुपमा सम्पन्न भएको संस्थाका डिरेक्टर विनय अधिकारीले बताए । मेलामा चितवन लगायत छिमेकी जिल्लाका विद्यार्थीहरुको उत्साहजनक र उल्लेखनीय रहेको उनको भनाई छ ।
शैक्षिक मेला मार्फत बिद्यार्थीले युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी प्रदान गरिएको उनले बताए ।
एजुकेसन फेयरमा जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण अधिकारी,एचआईएसएसएनका सचिव प्रदिप पौडेल, प्रगतिशिल नेपाल प्रध्यापक संघका केन्द्रिय उपाध्यक्ष मनोज बिष्ट, एकिकृत नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष नारायण दत्त कोईराला लगायतको सहभागिता रहेको थियो ।
एसआई युके नेपालले स्थापना कालदेखि नै बेला–बेलामा शैक्षिक मेला (एजुकेशन फेयर)को आयोजना गर्दै आएको छ । चितवनमा भने उक्त फेयर पहिलोपटक गरिएको हो । एसआई युके ग्लोबलका कार्यालयहरु विश्वका ४० वटा देशमा संचालन छन् । एसआई युके ग्लोवल १ सय ५८ विश्वविद्यालयसँग आवद्ध भएर विगत १६ बर्षदेखि शैक्षीक सेवा दिईरहेको छ ।