चितवन । भरतपुरमा एसआई युके नेपाल शैक्षिक परामर्श संस्थाले ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ । संस्थाले यही (जुलाई ९ ) अर्थात असार २५ गते भरतपुर गार्डेन रिसोर्टमा ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको हो ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श र त्यस देशका बिषयमा जानकारी गराउने उद्देश्य सहित एजुकेशन फेयर गर्ने भएको हो । आज (बुधवार) नारायणगढमा संस्थाले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो ।
संस्थाले यसअघि काठमाडौंमा एजुकेशन फेयर गरिसकेको र यही असार २५ गते चितवनमा गरिन लागेको संस्थाका निर्देशक विनय अधिकारीले जानकारी दिए । हालसम्म ३०० भन्दा बढी विद्यार्थीले फेयरमा सहभागी हुन फाराम भएको बताउंँदै ६०० जनाको हाराहारीमा विद्यार्थीहरु फेयरमा सहभागी हुने अपेक्षा गरिएको अधिकारीले बताए ।
शैक्षिक मेला मार्फत बिद्यार्थी तथा अभिभावकले १५ भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, संकाय, कोर्ष, फि, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने छन् । अधिकारीका अनुसार डकुमेन्टस पुरा गरेका विद्यार्थीहरुको अन द स्पट भर्ना गरिनेछ ।
एजुकेशन फेयरमा सहभागी हुन आउने विद्यार्थीहरुले उक्त दिनबाट विदेश अध्ययनको प्रक्रिया शुरु गर्नेलाई निःशुल्क आईइएलटिएस, निःशुल्क भिषा प्रोसेसिङ र गिफ्ट ह्याम्पर प्रदान गरिने उनले बताए ।
डेढ दशक बेलायतमा बिताएका विनय अधिकारीले शैक्षीक मेलामार्फत विद्यार्थी र अभिभावकहरुलाई बेलायती शैक्षिक प्रणाली, गुणस्तर , कामको अवसर, कानुन संस्कृति र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी गराईने बताए । यो बृहत मेला नेपालमा संभवत सबैभन्दा बढी विद्यार्थीको सहभागिता रहेको संस्थाको दाबी छ ।
एसआई युके नेपालका विभिन्न देशमा गरी ४० वटा देशमा शाखाहरु संचालनमा छन् । ४० मुलुकमा रहेर ७९ स्थानमा ग्लोबल कार्यालयहरुले सेवा दिदै आएको छ । एसआई ग्लोवल १ सय ५८ विश्वविद्यालयसँग आवद्ध भएर विगत १६ बर्षदेखि शैक्षिक सेवा गरिरहेको संस्था हो ।