खैरहनी । खैरहनीमा घांँस काट्ने क्रममा बाघले आक्रमण गर्दा एक महिला गम्भिर घाईते भएकी छिन । खैरहनी नगरपालिका वडा नम्बर १३ की बालिका गुरुङ्ग घाईते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८ बजे सोही वडाको कुमरोज सामुदायिक वनमा उनी घांँस काट्न जांँदा बाघले आक्रमण गरेको थियो । गम्भिर घाईते गुरुङ्गको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु