चितवन । कृषकहरुले उन्नत जातको बीउ प्रयोग गरेमा धानको उत्पादन र उत्पादकत्व बढ्ने कृषिविदहरुले बताउनु भएको छ । रसायनिक मल बिनानै माटोको गुणस्तर राम्रो भए उन्नत जातको बीउ लगाउंँदा उत्पादन र उत्पादकत्व बृद्धि गर्न सकिने उहांँहरुको भनाई छ ।
कृषि ज्ञानकेन्द्र, चितवनका प्रमुख युवराज पाण्डेले नेपालमै विकास गरी नेपालमा सुचिकृत हर्दिनाथ हाइब्रीड १ धानको बीउले गतबर्ष २० प्रतिशत धान उत्पादन भएको जानकारी दिनुभयो । उन्नत जातको धानको बीउ प्रयोग गरिनु, आधुनिक कृषि यन्त्रको प्रयोग गरिनु र गतबर्ष रोगहरुको प्रकोप कम हुंँदा धान उत्पादनमा बृद्धि भएको पाण्डेले बताउनु भयो । ‘हामीले रसायनिक मलबाट मात्र बृद्धि हुन्छ भन्ने सोच्नु गलत हो, उहांँले भन्नुभयो , यसको विकल्पमा प्रांगारिक मल र उचित सिंचाईको प्रयोग गरे उन्नत जातको धानको बीउबाट उल्लेखनीय उत्पादन गर्न सकिन्छ ।’ ज्ञानकेन्द्रले रोगको प्रकोपबाट बचाउन कृषकहरुलाई सचेतना बृद्धि गरी र विकल्प अपाउन आग्रह गरेका कारण चितवनमा उत्पादनमा ह्रास नआएको उहांँको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन ईकाई चितवनका सूचना अधिकारी माधव पौडेलले कृषिमा आधुनिकीकरण संँगै उन्नत जातको धानको बीउको प्रयोगले धान उत्पादनमा बृद्धि हुंँदै गएको बताउंँनुहुन्छ । परियोजनाले धानवालीको विशिष्टीकृत उत्पादन क्षेत्र निर्धारण गर्दै व्यवसायिकरण , यान्त्रिकिरण र औद्योगिकिकरणलाई प्रर्वद्धन गर्न कृयाकलाप तर्जुमा गरिएको कारण पनि धान उत्पादन बृद्धि गर्न सकिएको पौडेलको भनाई छ । चितवनमा ट्रयाक्टर, रोटाभेटर ,कल्भिेटर, लगायतका मेशीन प्रयोग गर्नुका साथै नयांँ प्रविधिमा आधारित एमबी प्लो,ल्याण्ड लेजर लेभलर,हिलोमा धान छर्ने ड्रम सिडर, नर्सरी बिरुवा राख्ने मेशिन,धान रोप्ने, मल छर्ने मेशिन , कम्बाइन्ट हार्वेष्टरको प्रयोगले पनि धान उत्पादन र उत्पादकत्वमा बृद्धि भएको पौडेलले बताउनु भयो ।
धानको क्षेत्रफल नबढेपनि प्रविधिको प्रयोग र उन्नत जातको बीउका कारण उत्पादनमा बृद्धि भएको ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत धनबहादुर थापा बताउंँनुहुन्छ । ‘क्षेत्रफल थोरै भएपनि हामीले उत्पादन बढाउन उन्नत जातको बीउको प्रयोग गरेर २५ प्रतिशत सम्म उत्पादन बृद्धि भएको पाएका छौं ।’ उहांँले भन्नुभयो । उन्नत जातको बीउ छनौट गरी नर्सरीको व्यवस्थापनका साथै आधुनिक तथा बैज्ञानिक प्रणालीबाट धान रोपाई गरेको खण्डमा उत्पादनमा बृद्धि हुने थापाले बताउनु भयो । गतबर्षको तथ्याक अनुसार चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ भने बर्षे धान प्रति हेक्टर उत्पादकत्व ३ दशमलब ५२ रहेको छ । चितवनमा कुल क्षेत्र २ लाख २१ हजार ८०० कुल क्षेत्र रहेको मध्ये ३३ हजार ८३६ खेती योग्य जमीन रहेको छ । यहांँ ३० हजार ५०० हेक्टर जमिनमा चैते र वर्षे धानको रोपाइँ हुँदै आएको छ । यसवर्ष पनि सोही क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको छ । त्यसमध्ये ७३ प्रतिशत जमिनका लागि सिंचाइको सुविधा पुगिसकेको कृषि ज्ञान केन्द्रसँग तथ्याङ्क छ ।