चितवन । विदेश पढ्न जाने बिद्यार्थीलाई लक्षित गर्दै एक्सल कन्सलटेन्सीले परामर्श तथा अन्तरक्रिया गरेको छ।
शनिबार भरतपुरमा विद्यार्थीहरुलाई अभिमुखिकरण, अन्र्तक्रिया एवं परामर्श गरिएको हो । अस्ट्रेलिया, अमेरिका, बेलायत , क्यानडा , न्युजिल्यान्ड जस्ता देशमा विद्यार्थीको उच्च शिक्षाका लागी भरपर्दो शैक्षिक परामर्श केन्द्र बन्दै आएको एक्शल कन्सल्टेन्सीले कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर उच्च शिक्षाको सम्भावना र चुनौतीका बारेमा अन्तरक्रिया आयोजना गरिएको एक्सल कन्सल्टेन्सीका शाखा प्रबन्धक रञ्जिता थापाले जानकारी दिए ।
काठमाण्डौमा मुख्य कार्यालय भई चितवनमा यसको शाखा विस्तार गरी सेवा गर्न पाउंँदा आफू उत्साहित भएको थापाको भनाई छ ।
अन्तरकृया तथा अभिमुखिकरण कार्यक्रममा विद्यार्थीले राखेको जिज्ञासालाई रुपेश खड्काले सम्बोधन गरेका थिए।
पिटिई र आएल्टस गर्न इच्छुक विद्यार्थीहरुका लागी एक महीना सम्मका लागि निशुल्क कक्षा संचालन र निःशुल्क भिसा प्रोसेसिङ को समेत ब्यवस्था मिलाइएको एक्सल चितवनले जनाएको छ।
करिब १३ बर्ष काठमाडौंमा बैदेशिक अध्य्यनका लागि धेरै विद्यार्थीलाई विभिन्न मुलुकहरु पठाउन सफल एक्सल कन्सलटेन्सीमा पछिल्लो समय वैदेशिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको चाप र विश्वास बढ्दै गएको खड्काको भनाई छ ।
एक्सल कन्सल्टेन्सीद्धारा विद्यार्थीलाई परामर्श तथा अन्र्तक्रिया
एक्सल कन्सल्टेन्सीद्धारा विद्यार्थीलाई परामर्श तथा अन्र्तक्रिया
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु