चितवन । चितवनको ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोलामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
मुग्लिन नजिकै नाग्दी खोलामा आज (आइतबार) मध्यान्ह १२ः१० बजे पहिरो खसेको होजिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुईतर्फी सडक हुंँदा काठमाडौं जाने र काठमाडौंबाट आउने सयौं यात्रु अलपत्र परेका छन ।
हाल सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य सुरु भएको छ । सडक सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु