चितवन । चितवनमा धुम्रपान र सूर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रणमा जोड दिईएको छ । पछिल्ला समय सबै उमेर समुहका सेवनकर्ताको बढ्दो प्रयोग र बढ्दो असर बारे चिन्ता चिन्ता व्यक्त गरिएको हो ।
हेल्थ टुडे र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको समन्वयमा आज भरतपुरमा उक्त यस बिषयमा सरोकारवालाबीच अन्र्तक्रिया सम्पन्न गरिएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं कर्मचारी, हेल्थ टुडेका टोली सहित यहांँका सञ्चारकर्मी बीच यसले स्वास्थ्यमा पारेको असर र न्युनिकरण बारे छलफल र अन्र्तक्रिया गरेका थिए ।
अन्र्तक्रियामा प्रस्तुती दिंँदै हेल्थ टुडेका अध्यक्ष एवं वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशीले पछिल्लो समय युवाजमातले धुम्रपान र सूर्तीजन्य पदार्थको प्रयोग बढी गरेको देखिएकोले यसलाई न्यूनीकरण र नियन्त्रण गर्नुपर्ने बताउनु भयो । पछिल्ला दशकहरुमा सर्ने भन्दा बढी नसर्ने रोगको प्रभाव बढी भएको भन्दै यसतर्फ सञ्चार क्षेत्र र अन्य सरोकारवालाहरु सचेतना फैलाउनु पर्ने उहांँले जोड दिनुभयो । नेपाल सरकारले लागु गरेका ऐन, कानुन, कार्यविधिहरुको कार्यन्वयन भएका छ कि छैन र यसको प्रभावकारीता कस्तो परेको छ भन्ने बिषयमा सञ्चारकर्मीले सञ्चारमाध्यम मार्फत खबरदारी गर्नु पर्ने उहांँको भनाई थियो ।
स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीले धुम्रपान र सूर्तीजन्य पदार्थको प्रयोगले स्वयं प्रयोगकर्तालाई मात्रै नभई परिवार र समाजलाई समेत प्रत्यक्ष असर पार्ने बताउनु भयो । यसबाट लाग्ने गम्भिर प्रकृतिका रोगबाट बच्न र बचाउन यसको सचेतनाको साथै प्रयोग नै गर्न नहुने उहांँको भनाई थियो । कार्यालयले पनि विभिन्न संघसंस्था तथा स्थानीय स्तरसंँग समन्वय गरी यसकोे न्यूनिकरण गर्न सचेतना कार्यक्रम गर्दै आएको उहांँले बताउनु भयो ।
सो अवसरमा बोल्दै पत्रकार महासंघ, चितवनका उपाध्यक्ष प्रमिता ढकालले अन्य क्षेत्र तथा विषयको बारेमा सञ्चारमाध्यममा बढी समाचार सम्प्रेषण भएपनि यसको नियन्त्रण र न्यूनीकरणमा कमै मात्र समाचारले निरन्तरता पाएको बताउनु भयो । यस्ता कार्यक्रम दिवसमा मात्रै सिमित भएको भन्दै उहांँले धुम्रपान र सूर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनिकरण गर्न सचेतना र कानुनहरुहरुलाई कडा रुपमा लागु गर्नुपर्ने बताउनु भयो । यसलाई न्यूनिकरण गर्न सबै सरोकारवाला निकाय लगायत नागरिकहरुको पनि उत्तिकै भूमिका रहने उहांँले बताउनु भयो । यसका लागि सञ्चारमाध्यमको लागि तालिम, अन्र्तक्रिया तथा फेलोसिपका कार्यक्रम ल्याउनुपर्ने ढकालको भनाई थियो ।
सो अवसरमा बोल्दै स्वास्थ्य दर्पण मिडीया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले राज्य एक्लैले मात्र यसलाई नियन्त्रण गर्न नसक्ने भन्दै यसको न्यूनिकरण गर्न सेवनकर्ताबाटनै शुरु गरिनुपर्ने जोड दिनुभयो । मानव स्वास्थ्य संँग सिधा सरोकार यस्ता बिषयहरुमा स्वास्थ्य पत्रकार थप जिम्मेवार भएर सही सूचना तथा समाचार सम्प्रेषण गर्नुपर्ने श्रेष्ठले बताउनु भयो ।
नेपालमा बार्षिक धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट औषत २७हजार १३७ र विश्वमा ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।