चितवन । जिल्ला स्वास्थ्य कार्यालय , चितवन र प्याब्सनबीच कोभिड १९ विरुद्धको खोपका बिषयमा अन्र्तक्रिया तथा छलफल भएको छ । आज कार्यालयमा प्याब्सन र शिक्षा विकास तथा समन्वय इकाई संँग विद्यार्थीहरुलाई लगाउन लागिएको खोपको बिषयमा अन्र्तक्रिया तथा छलफल भएको हो ।
कार्यालयका निमित्त प्रमुख राम केसीले ५ देखि १२ बर्ष मुनिका विद्यार्थीका लागि लगाउन लागिएको फाईजर खोप आईसकेको वितरण कार्य पनि शुरु गरिसकिएको जानकारी दिनुभयो । उहांँले खोपलाई सबै विद्यार्थीहरुलाई कसरी व्यवस्थापन गर्ने बिषयमा बोल्नु भएको थियो । केसीका अनुसार जिल्लामा जिल्लाका ७ पालिका मध्ये भरतपुर माडी तथा ईच्छाकामना बाहेक अन्य पालिकामा असार ९ गतेदेखि १५ गतेसम्म कोभिड विरुद्धको खोप लगाईने बताउनु भयो । साथै १५ गतेदेखि १८ गतेसम्म तीन पालिकाका विद्यालयहरुमा खोप लगाईने छ ।
यसका लागि केन्द्रबाट ७७ हजार ८०० डोज फाइजर खोप आईसकेको छ । यी मध्ये रत्ननगर नगरपालिका र राप्ती नगरपालिकामा खोप पठाई सकिएको उहांँले बताउनु भयो । सो अन्र्तक्रिया कार्यक्रममा प्यावसनका पदाधिकारी एवं प्रतिनिधिहरुले खोप सबै विद्यार्थीका लागि समान तथा एकै साथ वितरण गर्नुपर्ने जोड दिएका थिए । जिल्लाका सबै पालिकाका विद्यालयमा गरी ५४० वटा खोप केन्द्र निर्धारण गरिएको छ ।