चितवन । चितवनमा मोटरसाईकल र स्कुटर आपसमा ठक्कर खांँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार कालिका नगरपालिका वडा नम्बर ९ का बल बहादुर तामाङ्ग रहेका छन । यस्तै घाईते हुनेमा मोटरसाइकल चालक सोही स्थान बस्ने प्रदीप कुमार श्रेष्ठ, र स्कुटर पछाडि सवार सुक बहादुर तामाङ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउसो १ बजे कालिका नगरपालिका वडा नम्बर ५ सिमाचोक स्थित भित्रि सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ जाँदै गरेको ना३९प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोक बाट पदमपुर सामुदायिक बन तर्फ आंउदै गरेको प्रदेश २—०३—००७प ५६७५ नम्बरको स्कुटर आपसमा ठक्कर खांंँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईते बल बहादुर तामाङ्गको उपचारको क्रममा १ बजेर ४० मिनेटमा पुराना मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको हो । दुर्घटनामा प्रदिप कुमार श्रेष्ठ र सुक बहादुर तामाङ्ग मध्यम घाईते भएका छन उनीहरुको सोही अस्पतालमा उपचार भईरहेको छ । स्कुटर चालक सुकबहादुरको छोरा विजमान तामाङ्ग सम्पर्कमा नभएकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।