चितवन । चितवनको नीजि विद्यालयमध्ये उत्कृष्ट मानिदै आएको लिटिल फ्लावर स्कुलले सचेतना तथा सन्देशमुल र्याली गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर स्कुलका विद्यार्थी तथा शिक्षकले उक्त र्याली गरेका हुन् । नारायणगढमा निकालिएको र्यालीमा उनीहरुले सुन्दर र हरियाली पृथ्वी , वातावरण स्वच्छ बनाए मानव अस्तित्व कायम रहन्छ , यो पृथ्वी सबै प्राणीको लागि हो, हरियाली बढाऔं, प्राणीको रक्षा गरौं भन्दै प्लेकार्ड सहित नारा लगाएका थिए ।
समाजमा वातावरण बचाउनुपर्छ भन्ने सकारात्मक सन्देश दिन स्कुलले र्याली गरेको फादर रोबीले जानकारी दिए । स्कुलले बर्षैभरी विभिन्न रचनात्मक तथा सामाजिक कार्य गर्दै आएको जानकारी दिदैं वातावरण दिवसमा पनि सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम गरिएको बताए । र्याली नारायणगढका विभिन्न चोकमा पुगेर पुनः स्कुलमा आएर समापन गरिएको थियो । हाल उक्त स्कुलमा उच्च माध्यमिक तह गरी करीब दुई हजार चारसय विद्यार्थी अध्ययनरत छन ।
वातावरण दिवसमा गर्यो लिटिल फ्लावर स्कुलले सचेतना र्याली
वातावरण दिवसमा गर्यो लिटिल फ्लावर स्कुलले सचेतना र्याली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु