चितवन । चितवनको सौराहामा मौसम पूर्वानुमान,प्रभावकारी पूर्व सुचना सम्प्रेषण सम्बन्धी अभिमुखीकरण गरिएको छ । रत्ननगर नगरपालिकाको आयोजना तथा एशियाली विपद् पूर्व तयारी केन्द्र(एडीपीसी)को सहयोगमा बाढी तथा पहिरोको प्रकोपबाट बच्न पूर्व सुचनाको प्रभावकारित,प्रकोप न्यूनीकरण र व्यवस्थापनको विषयमा अन्र्तक्रिया तथा छलफल गरिएको थियो । चितवन बाढी तथा पहिरोको उच्च जोखिम रहेकोले यस जिल्लालाई लक्षित गर्दै अभिमुखीकरण गरिएको हो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रल्हाद सापकोटाले मौसमको पूर्व सूचना प्रणाली प्रभावकारी भएमात्र विपद्बाट नागरिकको जीउधनको रक्षा गर्न सकिने बताउनु भयो । रत्ननगरको दक्षिणी भेग, सौराहा लगायतका क्षेत्र बाढी प्रभावित क्षेत्र पर्ने भन्दै उहांँले ठुला नदीबाट मानव बस्तीमा बाढी पस्न नदिन तटबन्धन गरिने बताउनु भयो । कार्यक्रममा एडीपीसीका नेपाल प्रतिनिधि मान बहादुर थापाले विपद् जोखिम न्यूनीकरणको लागि सरकारको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै सरकारका सबै संयन्त्र तथा नागरिकको पनि उत्तिकै दायित्व रहने बताउनु भयो ।
सो अवसरमा प्रस्तुतीकरणद्धारा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट मौसम भण्डारीले मौसम पूर्वानुमान,यसमा स्थानीय स्तरको पहुँच,प्रयोग र बर्तमान सञ्चार तथा सुचना सम्प्रषेण अभ्यासका विषयमा अभिमुखीकरण गर्नु भएको थियो । पछिल्लो समय सूचना प्रविधिको विकास संँगै विभागले मौसमबारे पूर्वसूचना , सचेतना सम्बन्धी सूचना समयमै सम्प्रेषण गर्दै आएको बताउनु भयो । विभागले हालसम्म देशभर २२० भन्दा बढी ठाउंँमा सूचना संयन्त्र स्टेशन राखिएको जानकारी दिदैं थप अन्य क्षेत्रमा समेत स्टेशन विस्तार गर्न लागिएको बताउनु भयो । विपद सम्बन्धी बिषयमा कलम चलाउंँदै आउनु भएका सञ्चारकर्मी प्रकाश घिमिरेले मौसमजन्य विपद् जोखिम न्यूनीकरण लागि सञ्चार संलग्नता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पछिल्लो समय सूचना तथा सञ्चारमाध्यमका कारण २०५० सालबाट बाढी पहिरोबाट हुने मानवीय तथा भौतिक क्षति कम हुंँदै गएको बताउनु भयो ।
बाढीबाट बच्न तथा बचाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै उहांँले सञ्चारकर्मी यस बिषयमा संवेदनशील र थप जिम्मेवारी रहनुपर्ने बताउनु भयो ।
सो अवसरमा भरतपुर महानगरपालिका विपद् व्यवस्थापन शाखाका सम्पर्क व्यक्ति बालकृष्ण थपलियाले महानगरले विपद् जोखिम न्यूनीकरणका लागि गरेका कामहरुको बारेमा प्रस्तुतीकरण राख्नु भएको थियो । विपद न्यूनिकरणका लागि स्थानीय वडास्तरदेखि केन्द्र सरकारसम्मको समेत उत्तिकै समन्वय र सहयोग हुनुपर्ने थपलियाको भनाई थियो । कार्यक्रममा रेडक्रसकर्मी,जिल्लाका पालिकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।