चितवन । चितवनमा गुडिरहेको ग्यांँस बुलेटमा लागेको आगो निभाईएको छ ।
आज दिउसो १२ः५० बजे नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ पन्ध्रकिलोमा UP17AT8627 भारतीय नम्बरको ग्यांँस बुलेटमा आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको उक्त ग्यास बुलेटमा अचानक आगोलागी भएको छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी जुगेडी, ईप्रका मुग्लिनबाट प्रहरी निरीक्षक.को टोली र जिप्रका बाट प्रहरी उपरीक्षको सहितको प्रहरी टोली खटिई गएको थियो । ग्यास बुलेटमा लागेको उक्त आगो नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा १ बजेर ः३५ बजेको समयमा नियन्त्रणमा आएको छ । बुलेटको क्याविन र अगाडिको टायर जले र क्षति भएको र मानविय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भईरहेको छ । उक्त ग्यास बुलेट भारतको उडिसा स्थित पैरवी ग्यास कम्पनिबाट धादिङ स्थित श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर आएको थियो ।
पन्ध्रकिलोमा गुडिरहेको ग्यांँस बुलेटमा लागेको आगो निभाईयो
पन्ध्रकिलोमा गुडिरहेको ग्यांँस बुलेटमा लागेको आगो निभाईयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु