चितवन । चितवनमा शुक्रबार सांँझ आएको हावाहुरीले व्यापक रुपमा भौतिक तथा मानवीय क्षति भएको छ । भीषण आएको हावाहुरीका कारण रुखले च्यापिएर तीन जनाको मृत्यु भएको छ । हावाहुरीले दर्जनौं बिजुलीको पोल ढाल्दा जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरी रोकिएपछि विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारी तथा प्राविधिकहरुद्धारा पोल व्यवस्थापन कार्य जारी छ ।
अधिकांश ठाउंँमा रुख र पोल संँगै लड्दा ११ मिटर र ११ केवीका लाईन तथा फिडरमा पूर्ण रुपमा क्षति पुगेको वितरण केन्द्रले जनाएको छ । हाल भरतपुर शहरी क्षेत्रका केही स्थानमा आज बेलुका सम्म विद्युत प्रवाह हुन सक्ने वितरण केन्द्रका ईञ्जिनियर राजेन्द्र पौडेललले जानकारी दिनुभयो ।‘ आज बेलुका सम्म भरतपुरका मेन मेन ठाउंँमा विद्युत प्रवाह गर्न अधिकतम प्रयास गर्नेछौं ।’ उहांँले भन्नुभयो ।
भरतपुरका मुख्य राजमार्ग तथा अन्य सडक तथा चोकहरुमा पोलहरु धेरै ढलेकाले पोल परिवर्तन गरेर विद्युत प्रवाह गरिनेछ । हाल डोजर र ‘हाईट्रा’ क्रेनको सहायताबाट पोल र तार व्यवस्थापन कार्य भईरहेको उहांँले बताउनु भयो । उहांँका अनुसार भरतपुरको सडक डिभिजन कार्यालय अगाडि ६ वटा पोल, भरतपुर– ११ मलेवा कलेज अगाडी ३ वटा पोल, भरतपुर महानगरपालिका वडा नम्बर रामबाघ,मा ८ वटा पोल , सोही वडाको देवकोटा चोकमा पांँचवटा पोल, भरतपुर– ५, लकुंमा पांँचवटा र जेम्स वल्र्ड फर्नपार्कमा ३ वटा , र सिताराम चोक प्रहरी चौकी नजिक पांँचवटा पोल भांँचिएको छ । यी सबै गरी ३० लाख बराबरको क्षति अनुमान गरिएको पौडेलले बताउनु भयो । यस्तो क्षति हुनेगरी हावाहुरी नआएको उहांँको भनाई छ ।