चितवन । भरतपुर महानगरपालिकाको मतगणना शुरु गरिएको छ । भरतपुर महानगरपालिकाका २९ वटा वडा छन । आज बिहान ९ बजेबाट मतगणना शुरु गर्ने भनिएपनि आन्तरिक व्यवस्थापन , उमेद्वारहरुको प्रतिनिधि उपस्थित हुन ढिलो भएपछि ११ बजेर ५३ मिनेटबाट शुरु गरिएको छ । महानगरपालिकाको वडा नम्बर १ बाट मतगणना शुरु गरिएको हो ।
मुख्य निर्वाचन कार्यालय , भरतपुरका प्रवक्ता पुरुषोत्तम पौडेलले सो वडाका तीनवटा मत पेटिकाबाट मत खन्याएर मतगणना कार्य शुरु गरेका हुन् । हाल मतगणना एकठाउंँबाट मात्र शुरु गरिएको छ । यो वडामा कुल ५०७६ मतदाता मध्ये ३ हजार २७६ मत खसेको थियो । वडा नम्बर को मत परिणाम सकिने बित्तिकै क्रमश २,३,४ वडाको गरी मतगणना शुरु गरिने पौडेलले जानकारी दिए । भरतपुर महानगरपालिकामा कुल १ लाख ८५ हजार ७५१ जना मतदातामध्ये शुक्रबार भएको निर्वाचनमा १ लाख २५ हजार को हाराहा।रीमा मत खसेको थियो । भरतपुरका सात पालिकामध्ये रत्ननगरपालिकाको बाहेक अन्य पालिकाको शुक्रबार रातीबाटनै मतगणना शुरु गरिएको थियो ।