भरतपुर । भरतपुर महानगरपालिका २९ वटा वडाहरुमध्ये वडा नम्बर १२ पनि भौगोलिक , राजनीतिक सामाजिक र सांँस्कृतिक हिसावले पूर्ण र विविधिकरण भएको वडा हो । चितवनकै चर्चित भरतपुर महानगरपालिका र यस भित्रको वडा नम्बर १२ पनि चर्चित र चासोको वडा बनेको छ । यो वडामा एकातिर पांँच दलीय गठबन्धनका उमेद्वारको रुपमा एकीकृत समाजवादीको तर्फबाट अध्यक्षमा नरेन्द्र कन्दङ्गवा वडा अध्यक्षको उमेद्वारको रुपमा चुनावी मैदानमा छन भने एमाले गठबन्धनको रुपमा एमालेका तर्फबाट लेखराम पन्त ‘हरि’ चुनावी प्रतिस्पर्धामा छन ।
कन्दङ्गवा यसअघि पनि तात्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उमेद्वारी दिएर भारी मतले जितेका अध्यक्ष हुन भने हरि पन्त एक व्यवसाय र समाजसेवा गर्ने व्यक्तिको रुपमा चिनिन्छन । यो वडामा यी दुईबीचको तीब्र प्रतिस्पर्धा देखिएको छ । दुवै पक्षले आफ्नो घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन भने वडावासीलाई आशा र भरोसा बांँडेका छन । तर पछिल्लो दिनहरुमा कन्दङ्गवाको जनलहर र माहोल तीब्र रुपमा बढ्दै गएको पाईएको छ ।
‘म टेष्टेड वडाअध्यक्ष हुंँ र मलाई पुनः वडावासीले अध्यक्षको रुपमा हेर्न चाहेका छन । ’घरदैलो गर्ने क्रममा कन्दङ्गवाले भने । आफूले पांँचबर्षे कालमा वडाको बृहत्तर विकास गरेको र बांँकी अधुरा काम गर्ने लक्ष्य सहित उमेद्वारी दिएको कन्दङ्गवाले बताए । वडा नम्बर १२ लाई ग्रिनरी वडा बनाउने र पर्यटनलाई उत्पादन दिनपनि आफ्नो पुनः उमेद्वारी रहेको उनको भनाई छ । ‘अब केही गल्ली बाहेक सबैमा कालोपत्रे भईसकेको छ । मैले जितेंभने अब पर्यटनलाई उत्पादनसंँग जोड्न मेरो प्रयास रहन्छ ।’
कन्दङ्गवाले एक शिक्षित भिजिनरी व्यत्त्तिसंँगै राजनीति र समाजसेवालाई संँगै लगेका एक क्षमतावान वडा अध्यक्षको रुपमा परिचित छन । उनले सम्पूर्ण वडावासीलाई कलम चिन्हमा मतदान गरी वडाको समृद्धिको लागि मतदान गर्न आग्रह गरे । आईतवार कन्दङ्गवा सहित सयौं कार्यकर्ता तथा समर्थकले वडाका सहयोगी टोल सुनगाभा टोल, वसन्त टोल लगायतका टोलहरुमा घरदैलो कार्यक्रम गरेको थियो । घरदैलोको क्रममा सम्पूर्ण वडावासीले पुनः उनलाई अध्यक्ष बनाउन मत दिने प्रतिबद्धता व्यक्त गरेको उनको भनाई छ ।