चितवन । चितवनको खैरहनी नगरपालिका मतदाताले खैरहनीमा गठबन्धनका उमेद्वार एमालेका भन्दा इमान्दार रहेको बताएका छन् । घरदैलो अभियानलको क्रममा उत्साहित हुंँदै उनीहरुले गठबन्धनका उमेद्वार इमान्दार रहेको बताएका हुन् ।
खैरहनीमा गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार शशी खनियाँ र उप–मेयरमा नेकपा माओवादी केन्द्रबाट लक्ष्मी ढकाल रहेका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट मेयरमा लालमणि चौधरी छन् । चौधरी यसअघि पनि खैरहनीका मेयर थिए । उनी पुनः मेयरमा दोहोरिन चुनावी मैदानमा छन् । त्यस्तै एमालेबाट उपमेयरमा कविता उप्रेती रहेकी छिन् ।
पाँच बर्ष मेयर भएर काम गरेका चौधरी फेरी चुनावी मैदानमा होमिएका बेला खैरहनीका मतदाताले आश्वासनमात्र बाड्ने व्यक्तिलाई अब मत दिन नसकिने बताएका छन् ।
’लालमणि चौधरीले आश्वासन मात्र बाडे पाँच बर्षअघिको घोषणापत्रमा भनिएको जस्तो केही भएन अब फेरी कसरी विश्वास गर्ने उहाँ भन्दा त गठबन्धनका उमेदवारप्रति मलाई विश्वास छ । खैरहनी ८ का विश्वास तिवारीले भने । ’ उनले आफनो नाम मतदाता नामावलीमा नभएपनि मत दिन पाएको भए शशी खनियाँ र लक्ष्मी ढकाललाई नै दिने बताए ।
वास्तवमा चौधरीले काम गरेका रहेछन् वा होइन भन्ने चौधरीबाहेक अन्य मेयरले पाँच बर्ष खैरहनीको मेयर बनेर काम गरेपछि बल्ल थाहा हुने खैरहनी ६ का मतदाता अरुन दर्नाल बताउँछन् । उनले भने, ’वास्तवमा काम भएको हो, होइन भन्ने थाहा हुन पाँच बर्ष गठबन्धनले जित्नु पर्छ अनि बल्ल मुल्याङकन हुन्छ ।’
नेकपा एमालेले असफल मेयरलाई फेरी मेयरको टिकट दिएको रजहर अन्सारी बताउँछन् । उनले आफु रौतहटको भएको तर विगत १० बर्षदेखि खैरहनीलाई कर्मथलो बनाएर काम गरेको हुनाले खैरहनीलाई बिकास राम्रोसँग नियालेको बताउँदै, आफुलाई एमालेका मेयरले बिकासको मूल फुटाउँछन् भन्ने आश नभएको बताए ।
खैरहनीका मतदाता उत्साहित हुंँदै भन्छन : गठबन्धनका उमेद्वार एमालेका भन्दा इमान्दार रहेछन
खैरहनीका मतदाता उत्साहित हुंँदै भन्छन : गठबन्धनका उमेद्वार एमालेका भन्दा इमान्दार रहेछन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु