चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी देशलाई आत्मनिर्भर बनाउन यो क्षेत्रमा लगानी बृद्धि गर्नुपर्नेमा जोड दिएकी छिन। उत्पादन बढाई देशलाई औषधीमा आत्मनिर्भर बनाउन स्वदेशमै व्यवसायिक जडीबुटी खेती गर्नु आवश्यक उनले बताएकी हुन् । आज (शुक्रबार) चितवन एक्स्पो सेन्टरमा सञ्चालनमा आएको नेपाल फर्मा एक्स्पो २०२२ को उद्धघाटन गर्दै उनले यहांँ चाहिने औषधी स्वदेशमै उत्पादन हुनुपर्नेमा जोड दिइन । ‘कोभिडको समयमा पनि हामीले चुनौति बेहोर्यौं, त्यसैले स्वदेशमै औषधी उत्पादनमा लगानी बढाउन जरुरी छ । यसका लागि स्थानी जडीबुटीमा उत्पादनमा जोड दिनुपर्छ ।’ राष्ट्रपति भण्डारीले भनिन । औषधी उत्पादनलाई आत्मनिर्भर बनाउन ऐन नीति समेत परिवर्तन गर्नुपर्नेमा उनले जोड दिइन ।
सर्ने भन्दा नसर्ने रोगले ठूलो जनसंख्यालाई प्रभाव पारेको भन्दै उहांँले औषधी उत्पादनमा थप लगानी गर्नुपर्ने उनले बताइन । ‘नीजि क्षेत्रले औषधीमा आत्मनिर्भर बनाउने संकल्प गरिरहेको बेला, राज्यले पनि यसलाई संरक्षण गर्नु आवश्यक छ ।’ उनले भनिन । औषधीमा देशलाई आत्मनिर्भर बनाउन राज्य , नीजि क्षेत्र र समन्वयात्मक भूमिकाको आवश्यक रहेको उनको भनाई थियो ।
सो अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशमा आयात निर्यात, बैंकको व्याज लगायतका क्षेत्रमा समस्या भएको भन्दै सरकारले उद्योगमैत्री नीति ल्याउनुपर्ने बताउनु भयो । कोभिडले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै उनले औषधीमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्ने जोड दिए । ‘ प्रत्येक बर्ष औषधी उतपादनमा १८ देखि २० प्रतिशत बृद्धि भएको छ उनले भन्नुभयो, औषधीमा आत्मनिर्भर बनाउन पूर्वाधार यथेष्ट थप गर्नुका साथै उद्योगमैत्री नीति आवश्यक छ ।’ सहभागी अन्य औषधी व्यवसायीले औद्योगिक क्षेत्रको विकास नभई देशले समृद्धि प्राप्त गर्न नसक्ने भन्दै उद्योगमैत्री नीति बनेमा देश २, बर्षमै आत्मनिर्भर बन्ने बताएका थिए ।
सो अवसरमा बोल्दै संघका पूर्वअध्यक्ष जी नारायण बहादुर क्षेत्रीले औद्योगिक क्षेत्रको विकास विना समृद्धि प्राप्त नहुने भन्दै सरकारले औषधी उत्पादनको लागि नीति ऐन उद्योग मैत्री हुनुपर्ने बताए ।
संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपाल र्औषधीमा आत्मनिर्भर उन्मुख तिर अगाडि बढेको भन्दै उद्योगमैत्री नीति भए आगामी २? ३ बर्षमा देश औषधीमा आत्मनिर्भर हुने बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले नेपालीलाई स्वस्थ राख्न औषधीको भूमिका महत्वपूर्ण रहे्को भन्दै संकटको बेला स्वदेशी औषधी उद्योगले गरेको योगदानको चर्चा गरे ।
कार्यक्रम नेपाल औषधी उत्पादक संघका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेको अध्यक्षतामा भएको थियो ।