चितवन। नेपाली नयांँ बर्षमा लेक ट्वान्टी थाउजेण्ड(एलटिके) ,देवनगरमा बृहत सांँगितिक कार्यक्रम हुने भएको छ । २०७९ को पुर्व सन्ध्या चैत्र ३० गते बुधबार आयोजना उक्त सांगितिक सांँझ हुन लागेको हो । सो कार्यक्रममा नेपाली गीतर सङ्गीत क्षेत्रका चर्चित एवम् लोकप्रिय गायक हरिश माथेमाको साथमा अतिथि गायक दिपक थापाको प्रस्तुति रहने एलटिकेका प्रबन्धक राजेश शर्मा आचार्यले जानकारी दिए । नयांँ बर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटनकलाई मनोरञ्जन दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुति दिंँदा चितवनको पर्यटनमा पनि टेवा पुग्ने शर्माको भनाई छ ।
कार्यक्रममा डिजे क्वीन, डिजे बीजे को साथमा स्थानीय थर्ड आई ब्याण्डको समेत प्रस्तुती रहने इभेन्ट अर्गनाइजर इभेन्ट पार्ट्नर डिएन इभेन्ट्स तथा माई इभेन्ट्सले जानकारी दिएको छ ।
नयांँ बर्षमा लेक ट्वान्टी थाउजेण्ड(एलटीके )मा बृहत सांगितिक कार्यक्रम
नयांँ बर्षमा लेक ट्वान्टी थाउजेण्ड(एलटीके )मा बृहत सांगितिक कार्यक्रम

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु