चितवन – मैत्रिपूर्ण फुटसलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) चितवन विजयी भएको छ ।
आज (शनिबार) ब्रदर्स फुटसल क्षेत्रपुरमा भएको खेलमा एनएसजेएफ चितवनले लियो क्लब अफ नारायणगढलाई १४-४ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
एनएसजेएफलाई जिताउन कप्तान कृष्ण कार्कीले दोहोरो ह्याट्रिकसहित ८ गोल गरे । यस्तै राजनदिल गुरुङले ३, देउकुमार थापा मगरले २ तथा रमेश राना मगरले एक गोल गरे । लियोका अरुण अर्यालले २ तथा सबल पिया र आयुष थापाले एक-एक गोल गरे ।
विजता तथा उपविजेता टिमका खेलाडीहरुलाई लियो डिस्ट्रिक्ट ३२५ बी का पूर्व अध्यक्ष विधान श्रेष्ठले पुरस्कार वितरण गरे । कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी, नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष बिनोदबाबु रिजाल, लियो क्लब अफ नारायणगढका पूर्व अध्यक्ष रविन अधिकारी, मसँग जबका प्रवन्ध निर्देशक पवन थापालगायतले बोलेका थिए । कार्यक्रम लियो क्लब अफ नारायणगढका अध्यक्ष मोहन तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो ।