चितवन – राष्ट्रिय महिलालिग फुटबलमा धनगढीले फराकिलो जितदर्ता गरेको छ । आज (बिहीबार) सम्पन्न दोस्रो खेलमा धनगढीले ललितपुरलाई ६–० ले हराएको हो ।
एकतर्फी खेलमा धनगढीलाई जिताउनकप्तानचन्द्रा भण्डारीले दुई तथाअन्जनाथुलुङ राई, ममतापुन, बिर्सनाचौधरी र अनितालम्जेलले समान एक(एक गोल गरे ।
खेलको नवौं मिनेटमा नै धनगढीले ललितपुरविरुद्ध अग्रतालिएको थियो । धनगढीकालागिअन्जनाले पहिलो गोल गरिन् । १६ औंमिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाईन् ।
३९ औं मिनेटमा ममताले गोल गर्दै धनगढीलाई ३–० को अग्रतादिलाईन् । दोस्रो हाफमा धनगढीले ३ गोल थप्यो । ५५ औंमिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरेपछि धनगढीले ४–० को अग्रतालियो ।
६५ औंमिनेटमा बिर्सनाले धनगढीका लागिपाँचौ गोल गरिन् । ७० औं मिनेटमा अनिताले गोल गर्दै धनगढीलाई ६–० को फराकिलो जितदिलाईन् । खेलको प्लेयर अफदिम्याच धनगढीकी बिर्सना घोषित भईन् ।
जारी लिगमा धनगढीको यो लगातार तेस्रो जितहो । यस अघि धनगढीले पहिलो खेलमावालिङलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियोभने दोस्रो खेलमाचन्द्रपुरलाई २–१ ले हराएको थियो ।
ललितपुरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमाचन्द्रपुरलाई १–० ले हराएको ललितपुर दोस्रो खेलमात्रिभुवनआर्मीसँग ७–० ले पराजितभएको थियो ।
यो जितपछि धनगढी अंकतालिकाको शिर्ष स्थानमाउक्लिएको छ । तीन खेलमाशतप्रतिशतनतिजानिकालेको धनगढीको ९ अंक छ । समान खेलबाट ललितपुरले ३ अंकजोडेको छ । तीन खेलबाट ९ अंक नै भएपनि सशस्त्रप्रहरी बल (एपिएफ)गोल आधारमा दोस्रो स्थानमा छ ।
यस अघि आजै भएको पहिलो खेलमाएपिएफएफसीले वालिङलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो । एपिएफको फराकिलो जितमाहालै मात्रचोटबाट फर्किएकी स्टार फर्वाड सावित्रा भण्डारी साम्बाचार गोल गरिन् ।
यस्तै अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले एक(एक गोल गरे ।
पहिलो हाफमाएपिएफले २ गोलग¥यो । खेलको २४ औं अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रतादिलाईन् । वालिङकीगोलकिपरलाई बिट गर्दै अनिताले सहजगोल गरिन् । पहिलो हाफमै एपिएफले अग्रता दोब्बर बनायो । ४० औंमिनेटमा सरुलिम्बुले गोलगर्दै एपिएफलाई २–० को अग्रतादिलाईन् ।
दोस्रो हाफमा साम्बा मैदानप्रवेश गरेपछि एपिएफले ५ गोल थप्यो । प्रिती राईको स्थानमा मैदानप्रवेश गरेकी साम्बाले ५१ औंमिनेट व्यक्तिगतगोलको खाताखोलिन् । लेफ्ट विङबाट मन्जली योन्जनले निकालेको क्रसमा साम्बाले सुन्दर हेडर गोल गर्दै एपिएफलाई ३–० को अग्रतादिलाईन् ।
६६ औंमिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ४–० को अग्रतालियो । ७५ औंमिनेटमा आर्मीले पाचौं गोल ग¥यो । अनिता बस्नेतले डिबक्स बाहिरबाट गोल गर्दै एपीएफलाई ५–० को अग्रतादिलाईन् । ७९औं मिनेटमा साम्बाले हृयाट्रिक गरिन् । ७८ औं मिनेटमा अनिता केसीलाई रिप्लेस गर्दै मैदानप्रवेश गरेकी सबिता राना मगरको एसिस्टमा गोल गर्दै साम्बाले हृयाट्रिक गरेपछि एपिएफले ६–० को अग्रतालियो ।
लगत्तै ८१ औं मिनेटमा साम्बाले व्यक्तिगतचौथो गोल गर्दै एपिएफलाई ७–० को जितदिलाईन् । खेलको प्लेयर अफदिम्याचएपिएफकी साम्बाभईन् । लिगमाशनिबार दुई खेल हुनेछ । शनिबार पहिलो खेल दिउँसो १ः१५ बजे एपिएफ र चन्द्रपुरबीचहुनेछ भने दोस्रो खेल दिउँसो ४ः१५ बजे धनगढी र त्रिभुवनआर्मी क्लबबीचहुनेछ ।