चितवन – राष्ट्रिय महिलालिग फुटबलको बिभागिय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
आज (बुधबार) भएको दोस्रो खेलमापुलिसले त्रिभुवनआर्मी फुटबल क्लबलाई २–१ ले पराजितग¥यो । पुलिसको जितमानिरु थापा र निर्मलाउपाध्यायले गोल गरे । आर्मीकीपुनम जर्घा मगरले एक गोल फर्काईन् ।
खेलको १२ औं मिनेटमा पुलिसले अग्रतालियो । आर्मीकी डिफेन्डरले पुलिसकीफर्वाड निर्मलाविकलाई डिबक्स भित्रफल गरेपछि रेफ्रीले पेनाल्टी दिएकाथिए । प्राप्तअवसरमाकुनै गल्तीनगरी निरुले बललाई जालीचुमाईन् ।
लगत्तै २ मिनेटपछिपुलिसले अग्रता दोब्बर बनायो । निर्मलाविकको एसिस्टमा निर्मलाउपाध्यायले गोल गर्दै पुलिसलाई २(० को अग्रतादिलाईन् । सुरुवातमा नै दुई गोलले पछि परेपछि आर्मी दबाबमाप¥यो । पहिलो हाफको अन्तिममाआर्मीले सेट पिसमा केहीअवसर पाएपनि सदुपयोग गर्न सकेन ।
५१ औंमिनेटमा आर्मीले पेनाल्टी पायो । पुलिसका डिफेन्डरले डि बक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिए । रेफ्रीको उक्त निर्णयमा असन्तुष्टी जनाउँदै पुलिसले मैदान छोडेपछि करिब १२ मिनेट खेल रोकियो। तर आर्मी पुलिसको अग्रता छोट्याउनअसफलभयो । आर्मीकी रश्मी घिसिङको पेनाल्टी पुलिसकीगोलकिपर उषानाथले बचाईन् ।
७० औंमिनेटमा आर्मीले अग्रता छोट्यायो । आर्मीकालागिपुनमले गोल गरिन् । ८८ औं मिनेटमा पुलिसकीनिर्मलाविकवान भर्सेस वानमागोल गर्न चुकिन् । खेलको प्लेयर अफदिम्याचपुलिसकीनिर्मलाविकभईन् ।
यो जितसँगै पुलिसले तीन खेलमादुई जितहातपार्दै ९ अंकबनाएको छ । समान खेल खेलेको आर्मीको ३ अंकमात्रै छ ।
यस अघि आजको पहिलो खेलमाचन्द्रपुर र विराटनगरले एक–एक को बराबरी खेल्दै अंक बाँडेका छन् । चन्द्रपुरको तर्फबाट रजनीथोकरले गोल गरिन् भने विराटनगरकालागिमिनाखातुनले गोल गरिन् ।
प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै विराटनगरलाई अग्रतादिलाएकाथिए । तर विराटनगरको अग्रतापहिलो हाफसम्ममात्रै सीमित रह्यो ।
दोस्रो हाफमाचन्द्रपुरले गोल फर्कायो । ५३ औंमिनेटमा रजनीले गोल गरिन् । उनले रिबाउण्डमा सुन्दर हेडर गोल गर्दै बराबरी गरिन् । बाँकी समयमाथपगोल हुन सकेन र खेल बराबरीमा सकियो । बरबरीसँगै दुबै टिमले एक(एक अंक बाँडेका छन् ।
विराटनगरले ३ खेलबाट ४ अंकबनाएको छ । समान खेल खेलेको चन्द्रपुरको भने एक अंकमात्रै रहेको छ ।
लिगमाभोलि ९बिहीबार० पनिदुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे सशस्त्रप्रहरी बल ९एपिएफ० र वालिङबीचहुनेछ भने दोस्रो खेल दिउँसो ४ः१५ बजे धनगढी र ललितपुरबीचहुनेछ ।