चितवन – भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगरले पहिलो जितदर्ता गरेको छ ।
आज (आइतबार)भएको खेलमा आर्मीले ललितपुरलाई तथा विराटनगरले वालिङलाई पराजित गरेको हो ।
आज भएको पहिलो खेलमा आर्मीले ललितपुरलाई ७–० को फराकिलो अन्तरले पराजित ग¥यो । आर्मीको जितमा शर्मिला थापा मगर र रश्मी घिसिङले समान दुई–दुई गोल गरे । बिमला चौधरी र कुसुम खतिवडाले ए–(एक गोल गरे । आर्मीले एक गोल भने उपहार पाएको थियो ।
पहिलो हाफमा नै ललितपुरको पोष्टमा ५ गोल ग¥यो । खेलको ८ औं मिनेटमा बिमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाईन् । उनले हेमा चौधरीको क्रसमा गोल गरिन ।
लगत्तै १२ औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । उनले बिमलाको क्रसमा गोल गरेकी हुन् । १५ औं मिनेटमा शर्मिलाले गर्दै आर्मीलाई ३–० को अग्रतादिलाईन्। २४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको अग्रता ४–० बनाईन् ।
४० औंमिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्मीले ५–० को अग्रता लियो । पहिलो हाफमा ललितपुरले केही अवसर सृजना गरे पनि आर्मीको डेन्फेन्स तोड्न सकेन ।
५९ औं मिनेटमा आर्मीले उपहार गोल पायो । बल क्लियर गर्न खोज्दा ललितपुरकी कप्तान सिर्जना सिंहले आफ्नै पोष्टमा गोल गरिन् । ८१ औ मिनेटमा आर्मीले ७–० को अग्रता लियो । दोस्रो हाफमा मैदानप्रवेश गरेकीकुशुम खतिवडाले डिबक्स भित्रबाट सुन्दर गोल गरिन् । दोस्रो हाफमा ललितपुरले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन । खेलको प्लेयर अफ दि क्याच आर्मीकी शर्मिला भईन् ।
यो जितसँगै आर्मीले तालिकामादुई खेलबाट तीन अंक जोडेको छ । आर्मी पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबसँग पराजित भएको थियो । पराजित ललितपुरको पनिदुई खेलबाट समान अंक छ । ललितपुरले पहिलो खेलमा चन्द्रपुरलाई पराजित गरेको थियो ।
आजको दोस्रो खेलमाविराटनगरले वालिङलाई ३–१ ले पाखा लगायो । विराटनगरको जितमा भारतीय खेलाडी मिना खातुनले दुई तथा अस्मिता चौधरीले एक गोल गरिन् । वालिङकी सुस्मिता तामाङले एक गोल फर्काईन् ।
खेलको १३ औं मिनेटमा मिनाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिईन् । वालिङका डिफेन्डर र गोलकिपर बिट भएको अवस्थामा उनले बललाई जाली चुमाईन् ।
लगत्तै १७औं मिनेटमा मिनाले नै व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई दोहोरो अग्रता दिलाइन् । वालिङको गोलकिपर अगाडि बढेको फाइदा उठाउंँदै उनले एकल प्रयासमा सुन्दर गोल गरिन् ।
३० औ मिनेटमा विराटनगरका लागि अस्मिताले तेस्रो गोल गरिन् । अगाडि बढेकी वालिङको गोलकिपरलाई बिट गर्दै अस्मिताले विराटनगरलाई ३–० लो अग्रता दिलाईन् ।
८५ औं मिनेटमा वालिङकी सुस्मिताले गोल फर्काइन् । डिबक्स भित्रबाट उनले सुन्दर गोल गरिन् । खेलको अन्त्यतिर वाकिङ आक्रमक खेल प्रस्तुत गरे पनि हार टार्न सकेन । खेलको प्लेयर अफ म्याच वालिङकी कप्तान मनमाया दमाई भईन् ।
यो जितपछि विराटनगरले दुई खेलबाट ३ अंक बनाएको छ । विराटनगर पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजितभएको थियो । समान खेल खेलेको वालिङ अंक बिहिन छ । वालिङ पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो ।
लिगमा भोलि (सोमबार)पनि दुई खेल हुनेछ । सोमबारको पहिलो खेलमा दिउँसो १ः१५ बजे धनगढी र ललितपुर बीच हुनेछ भने दोस्रो खेलमा दिउँसो ४ बजे दुई विभागीय टोली नेपाल पुलिस र सशस्त्रप्रहरी बल (एपिएफ) भिड्नेछन् ।