चितवन जिल्ला कृषि शिक्षा, पर्यटन , व्यवसायको साथै मेडिकल सिटीको रुपमा पनि विकसित भईरहेको छ ।
देशकै केन्द्र भाग, दुई ठूला मेडिकल कलेज, संघीय भरतपुर अस्पताल तथा विपी कोइराला मेमोरियल जस्ता अस्पतालका कारण यहांँ झण्डै देशका तीन दर्जन जिल्लाबाट उपचारका लागि आउने गर्छन । अत्यधुनिक प्रविधि, विशेषज्ञसहित चिकित्सक , प्राविधिकका कारण यहांँ सबैजसो बिरामीको उपचार हुने थलोको रुपमा परिचित छ ।
विभिन्न प्राविधिक विषयका अध्ययन अध्यापनले चितवन मेडिकल सिटीको रुपमा विकसित हुंँदै गएको हो । अन्य तीन दर्जनजति साना अस्पतालमा पनि विरामीहरुलाई दक्ष चिकित्सक र विशेषज्ञका साथ उपचार गर्ने हुनाले पनि यहांँ दैनिक रुपमा विरामीको चाप बढ्दो छ । विरामीलाई लक्षित गरी खुलेका दर्जनौ फार्मेसीले पनि सबै प्रकारका औषधी तथा सर्जिकल सामान सहित सेवा उपलब्ध हुनाले पनि यो क्षेत्र आकर्षण तथा सेवामुखी बन्दै गईरहेको प्रष्ट हुन्छ । बिशेषगरी भरतपुरको चौबीसकोठीबाट मालपोत चोक सम्म यहांँ दर्जनभन्दा बढी अस्पताल तथा दर्जनौं र्औषधी पसलहरु संचालन हुंँदै आएका छन । विरामीको भरपर्दो सहज र सर्वसुलभ सुविधाका लागि केही सिमित औषधी पसलहरु सञ्चालन छन । तर यी औषधी पसलको भीडमा अलग्गै पहिचान र सेवा दिन सफल चौबीसकोठी चोकमा रहेको सांघाई मेडिकल पसल हालैमात्र सञ्चालनमा आएको छ ।
विरामीलाई एकैथलोबाट सबै प्रकारका र्आैषधी सहज सर्वसुलभ र छिटो छरितो सेवा दिने उद्धेश्यसहित संघाई मेडिकल हल हालै मात्र सञ्चालनमा ल्याईएको हो । फरक सोच,योजना ,लक्ष्य सहित झण्डै डेढदशकदेखि फार्मेसीमा व्याचलर र डिप्लोमा गरी बर्षौदेखि फार्मेसीमा अनुभव संगालेका फार्मासिष्ट दिनेश पौडेलले यो फार्मेसी सञ्चालनमा ल्याउनु भएको हो । संघाई फार्मेसी किन , कुन उद्धेश्य र योजना सहित ल्याईएको हो र यस क्षेत्रको महत्व, भुमिका तथा संभावनाका बिषयमा सञ्चालक पौडेलसंग सत्यतथ्य समाचार डटकमले गरेको कुराकानीको अंश ।
सांघाई मेडिकल हल कहिलेदेखि सञ्चालनमा ल्याउनु भएको हो ?
यो मेडिकल हल हालैमात्र सञ्चालनमा ल्याईएको हो ।
फार्मेसीहरुको भीडमा सांघाई मेडिकल हलनै किन ?
अन्य फार्मेसी, मेडिकल पसल भनौं वा औषधी पसल भन्दा फरक किसिमको सेवा दिने उद्धेश्यले सांघाई मेडिकल हल सञ्चालनमा ल्याएका हौं ।
तपाईंको मेडिकल पसल र अन्यमा के फरक छ ?
सामान्यता सबै फार्मेसी, मेडिकल पसल , औषधी पसलहरु हेर्दा एकैजस्तो देखिन्छ । तर कतिपय फार्मेसीहरुमा स्पेसिफिक रोगका औषधीहरु मात्र उपलब्ध गर्ने तरीकाले सञ्चालनमा आएका हुन्छन । जस्तै मुटु अस्पताल नजिक मुुटुका विरामीका औषधी मात्र, क्यान्सर अस्पतालमा क्यान्सरकै र्औषधीहरु,त्यस्तै बाल अस्पताल, प्रसुति अस्पताल नजिक यी पर्टिकुलर औषधीलाई मात्र फोकस गरेर र्आैषधी विक्री गर्ने ट्रेण्ड छ । अर्कोकुरा सबै फार्मेसीहरुले सबै प्रकारका औषधी राख्न पनि कठिन छ ।
यसले गर्दा अन्य रोगका विरामीहरुलाई औषधी खोज्न भौतारिनु पर्ने अवस्था छ । त्यसैले कुनैपनि रोगका विरामीले कुनैपनि बेला सबै प्रकारका औषधी उपलब्ध होस भन्ने हेतुले पनि सांघाई मेडिकल हल सञ्चालनमा ल्याएका हौं । यहांँ सबै प्रकारका विरामीलाई लक्षित गरी सबै प्रकारका औषधी उपलब्ध हुने भएकोले संघाई मेडिकल हल सञ्चालनमा ल्याएका हौं । वास्तवमा भन्ने हो भने सबै विरामी र सबै प्रकारका औषधीको एउटै थलो हो ।
तपाईंले यो मेडिकल हल सञ्चालनमा ल्याएको छोटो समय मात्र भयो, सेवाग्राहीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मैले यो पसल सञ्चालन गरेको केही समय अघि मात्र होे । तर यस क्षेत्रमा म नयांँ र नौलो फार्मेसिष्ट होइन । म संग यो क्षेत्रको अध्ययनको साथै लामो अनुभव पनि छ । म यहीं ठाउंँको बासिन्दा अनि राजनीतिमा पनि उत्तिकै सक्रिय व्यक्ति भएकोले , अझ भनौ म नेपाल विद्यार्थी संघ, चितवनको उपाध्यक्ष पनि हो साथै अधिकांश विरामी , सेवाग्राही ,अस्पताल र चिकित्सक संँग परिचित पनि छु । यसको साथै २०६८ सालबाट क्यान्सर अस्पतालको मुलगेट नजिक मेरो अर्को ‘तीर फार्मेसी’ पनि सञ्चालित छ । जसले गर्दा मेरा नियमित सेवाग्राही विरामीहरु धेरै हुनुहुन्छ । चौबीसकोठीको चोकैमा सबै प्रकारका र विभिन्न कम्पनीका औषधीहरु पाउने र सेवाग्राहीलाई र्औषधी सम्बन्धि परामर्श र गुणस्तरीय औषधी विक्रि गरिने भएकोले मैले अपेक्षा गरेभन्दा बढी सकारात्मक प्रतिक्रिया पाएको छु । यसले मलाई थप उर्जाशिल र उत्साहित बनाएको छ ।
मेडिकल क्षेत्रमा फार्मेसी र फार्मेसिष्टको महत्व के छ ?
वास्तवमा भन्ने हो मेडिकल क्षेत्रमा फार्मेसी र फार्मेसिष्टको महत्व एकदमै बढी छ । यी एक अर्काका परिपुरक हुन् । किनकी जब डाक्टरले विरामीको लागि औषधी प्रेस्क्राइब गर्नुहुन्छ । त्यसपछि विरामी आउने भनेकै फार्मेसी र फार्मेसिष्टकोमा नै हो । डाक्टरको काम रोगको पहिचान गर्ने मात्र हो तर रोगको निदानको लागि औषधी सेवन गर्नु पर्छ नै । अझ भन्ने हो भने विरामीलाई बचाउन वा भनौं स्वस्थ बनाउन औषधीको नै भूमिका बढी हुन्छ । अर्को कुरा डाक्टरको प्रेस्क्रिप्सन अनुसार फार्मासिष्टले औषधीको मात्रा, औषधीले गर्ने काम र समय तालिका बुझेर मात्र विरामीलाई सल्लाह दिने हुनाले फार्मासिष्टको महत्व पनि उत्तिकै छ । किनकी सानो गल्तीले पनि विरामीले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । त्यसैले हामीकहांँ सर्टिफाइड, लामोसमयसम्म यस क्षेत्रमा अनुभव प्राप्त गरेका दक्ष फार्मासिष्ट भएकोले विरामीको विश्वास पनि जितिसकेका छौं ।
यस क्षेत्रमा पनि बेथिति विसंगती छ भन्ने आरोप लाग्दै आएको छ नि तपाईको धारणा के छ ?
कुनैपनि क्षेत्रमा विकृति विसंगती नहुने भन्ने नै छैन होला । यस क्षेत्रमा पनि कहीं कतै यस्ता छिटफुट घटनाहरु हुने गरेका हामीले सुनेका छौं । कसैले छोटो समयमै आर्थिक लाभ लिने उद्धेश्यले वा भनौं बदमासी पनि गरेका हुन सक्छन । तर एक दुईजनाले गरेको गल्तीका कारण समग्र फार्मेसी क्षेत्रलाई एउटै भांँडामा मिसाउन मिल्दैन । यस्ता विषयमा हामी सचेत छौं ,गम्भिर छौं ।
यस क्षेत्रको संभावना, र चुनौति के कस्तो देख्नु भएको छ ?
यस क्षेत्रमा मेरो व्यक्तिगत विचारमा भन्नुहुन्छ भने संभावना नै सम्भावना देखेको छु । किनकी म यो क्षेत्रको विद्यार्थी र मान्यता प्राप्त फार्मासिष्ट भएकोले पनि होला । किनकी अहिले हरेक समय ,हरेक क्षण मानिसलाई कुनै न कुनै रोगले सताएकै हुन्छ । बढ्दो शहरीकरण र आधुनिक जीवनशैलीले मानिसलाई एकातिर अल्छी बनाएको छ त अर्कोतिर रोगलाई पनि निम्त्याएको छ । त्यसैले हरेक दिन विरामीको संख्या पनि बढ्दै गएको छ । नयांँ रोगहरुपनि देखा पर्दै गएका छन । यसको अन्तिम उपाय वा समाधान भनेको औषधी सेवननै हो । औषधीलेनै रोगलाई नियन्त्रण निर्मुल पार्ने भएकोले फार्मेसी र फार्मेसिष्ट बिना मेडिकल क्षेत्र अधुरोनै हुन्छ । अर्कोकुरा यस क्षेत्रमा कतिपनि चुनौति र समस्या छैन भन्न मिल्दैन ।
राज्यको नीतिका कारण, व्यवसायमैत्री वातावरण नभएका कारण पनि केही समस्या र चुनौति देखिएको मैले पाएको छु ।
तपाईको आगामी योजना के छ?
मेरो आगामी योजना भन्ने हो भन्ने यस क्षेत्रको सेवा विस्तार नै हो । मुख्यःतया विरामी तथा सेवाग्राहीले खोजेको बेला सही र गुणस्तरीय औषधी छिटोभन्दा छिटो सहज रुपमा उपलब्ध गराउनु नै हो । हाल मेरो दोस्रो विस्तारित शाखाको रुपमा सांघाई मेडिकल हल सञ्चालनमा छ । अब ओपिडी चेकजांँचको लागि मैले यहांँ अलग्गै कक्षको व्यवस्थापन गरी दक्ष अनुभवी चिकित्सक द्धारा सेवा दिने तयारीमा छु । साथै फार्मेसी सेवालाई विस्तार गर्न अन्य स्थानमा औषधी पसल थप गर्ने योजना पनि छ । साथै निकट भविष्यमा थोक मुल्यमा औषधी उपलब्ध गराउने तयारीमा पनि छु ।