चितवन । देशमा कृषिमा आधुनिकिरकण र यान्त्रिकरण गर्दै उत्पादन र उत्पादकत्व बृद्धि गर्नुपर्नेमा जोड दिईएको छ । आज नेपाल कृषि मेशीनरी व्यवसायी महासंघद्धारा चितवन एक्सपो सेन्टरमा आयोजित पांँचौ कृषि यान्त्रिकिकरण प्रर्दशनीको समुदघान समारोहमा सहभागी वक्ताहरुले आधुनिकिकरण र यान्त्रिकिकिरणबानै उत्पादन र उत्पाकदत्व बढ्नुका साथै कृषि उपजमा आत्मनिर्भर बन्न मदत पुग्ने बताए । पछिल्लो समय कृषि यन्त्रको माग र पहुंँच विस्तार हुंँदै गएको र यसले लागत कम गर्नुका साथै कृषिकर्म गर्न छिटो र छरितो हुने बताएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डाक्टर गोविन्द शर्मा आचार्यले नेपालमा भएको कृषि विकासले केही क्षेत्रमा आत्मनिर्भर बन्न सफल भएको बताउनु भयो । ‘अहिले अण्डा मासु दुध लगायतका क्षेत्रमा आत्मनिर्भर र प्रगति भएका छ उहांँले भन्नुभयो, अझैपनि खाद्यान्नमा हामी अझै परनिर्भर बन्नु परेको चुनौति छ ।’ कृषिमा युवापुस्तालाई आकर्षण गरी उनीहरुलाई आत्मसम्मान दिनुपर्ने उहांँको भनाई छ । देशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन आयात कम गर्न यान्त्रिकरणको पहुंँच र विस्तार हुनुपर्ने उनले जोड दिनुभयो ।
सो अवसरमा बोल्दै कृषि तथा पशुपक्षी विभागका महानिर्देशक डाक्टर रेवन्ती रमण पौडेलले देशमा अझैपनि कृषि उपजको आयातको अवस्थाका कारण कृषिको यान्त्रिकरण र आधुनिकिकरणबाट उत्पादन र उत्पादकत्व बृद्धि गर्न सबै लाग्नुपर्ने बताउनु भयो । देशमा अझै पनि कच्चा पदार्थ , औजार, उपकरण मेशीन आयात गर्नुपर्ने बाध्यता रहेकोले आगामी दिनमा नेपालको माटो र भुगोल सुहाउंँदो यी औजार मेशीनहरु यहीं उत्पादन गर्नुपर्ने उहांँले बताउनु भयो । ‘पहिले गुणस्तरीय , माटो सुहाउंँदो भुगोल सुहाउंँदो आवश्यक मेशीन औजार यहीं उत्पादन हुनुपर्छ उहांँले भन्नुभयो, त्यसपछि हाम्रो उत्पादन र उत्पादकत्व बृद्धि भई आत्मनिर्भरको बाटोमा जानेछौं ।’
नेपालका लागि इजरायली राजदुत हनाल गोडरले इजरायल सानो देश भएपनि कृषिमा मारेको फड्कोबाट नेपालले पाठ सिक्नुपर्ने बताउनु भयो । कृषि शोख नभईकन पेशा व्यवसाय भएकोले यो एउटा जीवनको महत्वपूर्ण पाटो भएको भन्दै उनले कृषि प्रर्दशनीले किसान तथा व्यवसायीलाई सिक्न र कमाउन मदत पुग्ने बताउनु भयो ।
कार्यक्रममा सभापति एवं नेपाल कृषि मेशीनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले नेपालमा कृषिको आधुनिकिकरण भित्रिएको लामो समय नभएपनि यसले छोटोसमयमै उल्लेखनी फड्को मारेको बताउनु भयो । सरकारले कृषि क्षेत्रमा ३ प्रतिशत मात्र बजेट छुट्याउने हो भने यान्त्रिकिकरणको माध्यमबाट २ बर्षभित्र ८० प्रतिशत भन्दा बढी उत्पादन गर्न सकिने उहांँको भनाई थियो । ‘यसका लागि काम गर्ने वातावरण , सहजता, कर्जा सहजता हुनुपर्छ ।’ उहांँले भन्नुभयो ।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय,कृषि पूर्वाधार विकास तथा यान्त्रिकिकरण प्रर्वद्धन केन्द्रका महेन्द्रनारायण पौडेल,नबील बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले नेपालमा कृषि यान्त्रिकिकरण पहुंँच , विस्तार र उत्पादकत्व बृद्धि गर्न जोड दिएका थिए । यसका लागि आफूहरुले किसान तथा व्यवसायी संग हातेमालो गर्न तयार रहेको बताउनु भएको थियो ।