रत्ननगर । भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज, चितवनको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
भट्ट कौशिक (अलिन) गोत्रिय सेवा समाज, चितवनका अध्यक्ष टंक प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा समाजका ज्येष्ठ नागरिक, समाजसेवी राम प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।
समाजका अध्यक्ष टंक प्रसाद भट्टले स्वागत मन्तव्य एवम् कार्यक्रम बारे प्रकाश पार्नुभएको कार्यक्रममा समाजका अग्रज एवम् विशिष्ट अतिथि नर्मदेव भट्ट र दीर्घप्रसाद भट्टले समाजले यत्रतत्र छरिएर रहेका आफ्ना बन्धुहरुलाई एकीकृत गर्ने काम गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।
साधारणसभामा भट्ट कौशिक (अलिना)गोत्रिय सेवा समाज, चितवनका सचिव सिताराम भट्टले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रेम प्रसाद भट्टले
आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन माथि सभाका सदस्यहरुले अनुमोदन समेत गरेका थिए ।
सभाले पुष्पराज भट्टको संयोजकत्वमा थिरप्रसाद भट्ट र केशव प्रसाद भट्ट सदस्य रहने गरी विधान संशोधन समिति गठन गरी विधानलाई पूर्णता दिई समाजलाई दर्ता प्रक्रियामा अगाडि बढाउने निर्णय समेत गरेको छ ।
समाजले आफ्ना बन्धुहरुलाई पर्ने आर्थिक लगायतका अन्य समस्याहरुमा समेत अग्रसर भएर कार्य गर्दै आईरहेको छ । साधारणसभामा समाजका पदाधिकारी एवम् सदस्यहरु, सल्लाहकार समितिका संयोजक एवम् सस्यहरु, आर्थिक समितिका संयोजक एवम् सदस्यहरु, समाजका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
समाजका सचिव सीताराम भट्टले सञ्चालन गर्नुभएको कार्यक्रमलाई समाजका बरिष्ठ उपाध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।