चितवन । नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित भरतपुर आंँखा अस्पतालले नारायणगढको लिटिल फ्लावर स्कुलमा निशुल्क आांखा शिविर परीक्षण सम्पन्न गरेको छ । मंगलबारबाट शुरु भएको शिविरमा विद्यालय र दशजोड दुईका गरी करीब २४०० जनाले सेवा लिएको स्कुलले जानकारी दिएको छ । परीक्षण गरिएका विद्यार्थी मध्ये १०६ जना विद्यार्थीको दृष्टि दोष पाईएको अस्पतालका स्वास्थ्य प्राविधिक संयोजक सुवास सापकोटाले जानकारी दिनु भयो । दृष्टि कमजोर भएका विद्यार्थीलाई अस्पतालले निशुल्क चश्मा समेत वितरण गरिने र एकहप्ताभित्र पावर राखी वितरण गरिने सापकोटाले बताउनु भयो । साथै केही विद्यार्थीमा आंँखा एलर्जी तथा पाक्नेजसता रोगको लक्षण देखिएकोले उनीहरुलाई औषधी पनि वितरण गरिएको छ ।
विद्यार्थीले अधिकांश समय मोबाइल, ल्यापटप तथा टिभी हेर्ने गरेका कारण पनि शहरिया विद्यार्थीहरुमा दुष्ट दोषको समस्या देखिएको सापकोटाको भनाई छ ।
विद्यार्थीलाई लक्षित गरी दुईदिनसम्म सञ्चालन गरिएको शिविरमा सबै विद्यार्थीले सेवा लिएको स्कुलका प्रबन्धक गोविन्द पौडेलले जानकारी दिनुभयो ।
निशुल्क आंँखा परीक्षण शिविर सञ्चालन गरिएको प्रति विद्यार्थीका अभिभावक पनि खुशी भएको पौडेलले बताउनु भयो ।
भरतपुर अस्पतालले लिटल फ्लावर स्कुललाई छनौट गरी विद्यार्थीलाई दिएको सेवाप्रति पौडेलले आभार प्रकट गर्नुभयो ।
अस्पतालले चितवनमात्र नभई देशका विभिन्न समुदाय, शैक्षिक संस्था तथा अन्य सामाजिक संस्थाहरुमा पनि निशुल्क आंखा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । मानिसको अंग मध्ये महत्वपूर्ण अंगको रुपमा आंँखा भएकोले समाजमा सचेतना ल्याउनुका साथै आंँखामा हुने समस्यालाई न्यूनिकरण गर्न अस्पतालले निशुल्क शिविरलाई निरन्तरता दिदै आएको अस्पतालका प्रवक्ता रमेश घिमिरेले बताउनु भयो । उहांँका अनुसार पष्छिल्लो समय बालबालिका, बृद्धबृदा लगायत किशोर र वयस्कलाई समेत आंँखामा विभिन्न समस्या देखिने गरेको र भरतपुर अस्पतालमा पनि आंँखा विरामीको चाप बढ्दै गएको उहांँले बताउनु भयो ।
दुईदिनसम्म चलेको आंँखा परीक्षण अस्पतालका सुवास सापकोटा , प्रिंयंसा आचार्य, सोहिल अली, आनन्द यादव, पिंकी शाह, र सुधा अर्यालको टोलीले आंँखा परीक्षण गरेको हो ।