भरतपुर महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले वडा नम्वर ९ का २० जना महिलाहरुका लागी बिउपूंँजी हस्तान्तरण कार्यक्रम अन्र्तगत बोका, बाख्रा कुखुरा र तरकारी खेतीका लागी नगद हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी , प्रवक्ता अरुण पिडित भण्डारी, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल लगायतको हातबाट बाख्रा र बोका पाल्नेका लागी बाख्रा र बोका हस्तान्तरण गरिएको हो भने कुखुरा पालन र तरकारी खेती गर्नेहरुका लागी बिउपूंँजी स्वरुप प्रति ब्यक्ति नगद १० हजार प्रदान गरिएको महिला बिकास निरिक्षक अप्सरा घिमिरेले जानकारी दिइन । उनिहरुलाई तिनदिने सिप बिकास तालिम दिएर उनिहरुकै माग अनुसार बिउपुजी दिईएको महानगर प्रमुख रेनु दाहाले बताईन् ।
उक्त कार्यक्रम अन्र्तगत महानगरका २०० महिलालाई बिउपुजी हस्तान्तरण गरिने नगर प्रमुख दाहालको भनाई छ ।
भरतपुरका २० महिलाले पाए खसी बोका
भरतपुरका २० महिलाले पाए खसी बोका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु