चितवन । नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित भरतपुर आंँखा अस्पतालले नारायणगढको लिटिल फ्लावर स्कुलमा निशुल्क आांखा शिविर परीक्षण शुरु गरेको छ । मंगलबारबाट दुई दिनसम्म चल्ने यो शिविरमा आज ११सय विद्यार्थीको आंँखा परीक्षण गरिएको हो । परीक्षण गरिएका विद्यार्थी मध्ये ५९ जना विद्यार्थीको दृष्टि कमजोर पाईएको अस्पतालका स्वास्थ्य प्राविधिक संयोजक सुवास सापकोटाले जानकारी दिनु भयो । बांँकी १३ सय विद्यार्थीको आंँखा परीक्षणलाई बुधबार निरन्तरता दिईनेछ । दृष्टि कमजोर भएका विद्यार्थीलाई अस्पतालले निशुल्क चश्मा समेत वितरण गरिने सापकोटाले बताउनु भयो । पछिल्लो समय शहरिया बालबालिकाहरुमा दृष्टि कमजोर बढ्दै गएकोले विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।
विद्यार्थीले अधिकांश समय मोबाइल, ल्यापटप तथा टिभी हेर्ने गरेका कारण पनि यो समस्या बढी देखिएको सापकोटाको भनाई छ ।
विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गर्नु अपरिहार्य रहेको भन्दै स्कुलका प्रबन्धक गोविन्द पौडेलले यसले विद्यार्थीहरुको पढाई लेखाईमा सहज पुग्ने बताउनु भयो । अस्पतालले लिटिल फ्लावर स्कुललाई नै छनौट गरेकोमा अस्पतालप्रति पौडेलले कृतज्ञता व्यक्त गर्नुभयो ।
अस्पतालले चितवनमात्र नभई देशका विभिन्न समुदाय, शैक्षिक संस्था तथा अन्य सामाजिक संस्थाहरुमा पनि निशुल्क आंखा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । मानिसको अंग मध्ये महत्वपूर्ण अंगको रुपमा आंँखा भएकोले समाजमा सचेतना ल्याउनुका साथै आंँखामा हुने समस्यालाई न्यूनिकरण गर्न अस्पतालले निशुल्क शिविरलाई निरन्तरता दिदै आएको अस्पतालका प्रवक्ता रमेश घिमिरेले बताउनु भयो । उहांँका अनुसार बालबालिका, बृद्धबृदा लगायत किशोर र वयस्कलाई समेत आंँखामा विभिन्न समस्या देखिने क्रम बढ्दो छ ।
मंगलबार स्कुलमा गरिएको आंँखा परीक्षण अस्पतालका सुवास सापकोटा , प्रिंयंसा आचार्य, सोहिल अली, आनन्द यादव, पिंकी शाह, र सुधा अर्यालको टोलीले आंँखा परीक्षण गरेको हो । बुधबार पनि यही टोृलीले निशुल्क आंँखा परीक्षण गरिने सापकोटाले जानकारी दिनुभयो ।