चितवन । चितवनका अटोमोबाइल श्रमिकहरुलाई तीन दिने यान्त्रिक सुरक्षा सम्बन्धी तालिम दिईएको छ ।
अटोमोबाइल वर्कसपमा हुने दुर्घटनालाई न्यूनिकरण र दुर्घटनाबाट बच्न सचेतना सहित श्रमिकहरुलाई तालिम दिईएको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग को आयोजना र चितवन अटोमोबाइल मेकानिकल व्यवसायी संघको सहकार्यमा भरतपुरमा उक्त तालिम सम्पन्न भएको हो ।
तालिममा विभागका अधिकारी उमेश यादव कार्यक्रमको अध्यक्ष तथा प्रमुख अतिथि नाडाका केन्द्रिय सदस्य तथा अटोमोबाइल मेकानिकल महासंघका उपाध्यक्ष गोपाल भट्टराई रहनु भएको थियो ।
‘अटोमोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धि दक्षता अभिवृद्धिमुलक प्रशिक्षण’ कार्यक्रममा बोल्दै भट्टराईले श्रमिकहरुले यस तालिमबाट अधिकतमा लाभ लिन सक्ने बताउनु भयो । वर्कसमा काम गर्दा जुनसुकै बेला पनि दुर्घटनाको सम्भावना रहने हुंँदा आफ्ना मेशीन, औजार, उपकरणरलाई सही हालतमा राख्नुपर्ने उहांँले बताउनु भयो । तालिमले श्रमिकलाई दुर्घटना कसरी र किन हुन्छ भन्ने थाहा हुनुका साथै आफू र अरुलाई बचाउन सकिन्छ भन्ने ज्ञान हुने बताउनु भयो । तालिमबाट प्राप्त गरेका ज्ञान, तथा अभ्यासलाई व्यवहारमा पनि लागु गर्न उहांँले श्रमिकलाई आग्रह गर्नुभयो ।
सो अवसरमा बोल्दै कार्यक्रमका सभापति यादवले सरकारले वर्कसपबाट हुने दुर्घटना न्यूनिकरण गर्न र कम क्षति होस भन्ने हेतुले श्रमिकलाई लक्षित गर्दै यस्ता तालिमको आयोजना गरिएको बताउनु भयो । यस तालिमबाट श्रमिकले वर्कसमा हुने प्राविधिक गढबडी, औजारको सही सदुपयोग, आगलागी बच्ने उपाय बारे प्रशिक्षण दिनु भएको थियो ।
यस्तै श्रम तथा रोजगार विभागका अर्का प्रशिक्षक शतीश उपाध्यायले मेशीन तथा औजारको व्यवस्थापन र दुर्घटना भएपछिका प्राथमिक उपचार को सैद्धान्त्कि तथा व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ३० जना अटोमोबाईल श्रमिकहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष प्रेम प्रसाद पाण्डेले सिकेको सिकाईलाई व्यवहारमा उतार्नुपर्ने बताउनु भयो । संघका वरिष्ठ उपाध्यक्ष तथा तालिम संयोजक योगराज ढकाल रहनु भएको थियो ।
कार्यक्रममा संघ पूर्व उपाध्यक्ष बलराम भण्डारी, संस्थापक उपाध्यक्ष रामकुमार चौधरी, संस्थापक सदस्य तथा हालका सल्लाहकार मदन प्रधान लगायतको सहभागिता रहेको थियो । कार्यक्रम फागुन २५ शुरु भई २७ गते समापन भएको हो ।