चितवन । निर्माण व्यवसायी संघको हालै सम्पन्न २८ औं अधिवेशन तथा साधारण सभाले अध्यक्ष केशव प्रसाद लामिछानेको नेतृत्वमा नयांँ कार्यसमिति चयन गरेको छ ।
संघको प्रथम उपाध्यक्षमा दिनेशचन्द्र न्यौपाने,द्धितिय उपाध्यक्षमा माधव प्रसाद पोख्रेल, महासचिवमा पुस्कर अधिकारी,सचिवमा शिवलाल ढकाल, कोषाध्यक्षमा प्रकाश तिवारी , सह कोषाध्यक्षमा अशोक लोहनी र समतिको महिला सदस्यमा रोजीना भट्टराई निर्विरोध चयन भएका हुन् ।
समितिको खुल्ला सदस्यहरुमा प्रकाशराज पौडेल, ठानेश्वर कंडेल, अरुण श्रेष्ठ, नवीनकुमार थापा,मान बहादुर दंगाल क्षेत्री, मनोज अर्याल, बसन्त खरेल र भुवन प्रसाद सुबेदी चयन भएको निर्वाचन समिति संयोजक राजेन्द्र मणी काफ्लेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु