चितवन । चितवनमा विद्यार्थी भिषामा सबैभन्दा बढी विद्यार्थी जापान पठाउने सेन्ट्रल कलेज अफ भोकेसन ट्रेनिङ्गले तीनसय बिद्यार्थीलाई बधाई तथा शुभकामना दिएको छ ।
सिओई ( सर्टिफिकेट अफ ईलिजिविलिटी ) आएर भिषा लाग्ने तयारीमा रहेका ती विद्यार्थीलाई सेन्ट्रल कलेजले बधाई तथा शुभकामना कार्यक्रम गरेको हो । बुधबार भरतपुरको गार्डेन रिसोर्टमा जापान जानका लागि सिओई पछिका प्रक्रियाका बारेमा परामर्श दिइएको कलेजले जानकारी दिएको छ । कार्यक्रममा चितवन र नवलपुरका ३ सय बढि विद्यार्थी सहभागी रहेको कलेजका प्रिन्सिपल वाई बी पौडेलले जानकारी दिए । सो कार्यक्रममा जापान जानु अघि प्रक्रिया परामर्शका साथै र गईसकेपछिका आवश्यक जानकारी र परामर्श दिइएको थियो ।
सिओई प्राप्त विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै कलेजका प्रिन्सिपल पौडेलले सिओ इ आएका विद्यार्थीको लागि आफूले थप प्रक्रिया छिटोभन्दा छिटो गरिने बताए । जापान जानका लागि जापानको कलेजको ‘फि’ तिरेर जतिसक्दो तिरेर आवश्यक तयारी गर्ने विद्यार्थीलाई आग्रह गरे ।
पौडेलले सिओई प्राप्त विद्यार्थी र अन्य विदेश पढ्न जाने विद्यार्थीका लागि अष्ट्रेलिया,क्यानडा लगायतका देशमा जान आवश्यक तयारी कक्षाहरु कलेजले संचालन गरिरहेको जानकारी दिए ।
सो कार्यक्रममा कलेजका आइएलटिएस÷पिटिइ विभाग प्रमुख हरी प्रसाद वली ,आइएलटिएस अष्ट्रेलिया परामर्श विभाग प्रमुख सुभास भट्टराई, इङलिस कन्ट्री विभाग प्रमुख ई. विपिन शर्मा, जापान विभाग प्रमुख अमृत अधिकारी, सेन्ट्रल कलेजका सुभचिन्तक तथा कम्युनिकेशन व्यवसायी सुदन नेपाल लगायतले अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सेन्ट्रल कलेजले बर्षौंदेखि उच्च शिक्षा अध्ययन,वकिङ्ग, तालिम र अन्य कामका लागि जापान,अष्ट्रेलिया,क्यानडा लगायतका देशमा जान चाहानेहरुका लागि भाषाका कक्षाहरु संचालन र परामर्श दिदै आएको छ । कलेजका नारायणगढ शहिदचोक, सौराहाचोक र कावासोती लगायतका सहरमा गरी १० वटा बढी शाखा सञ्चालनमा रहेका छन् । कार्यक्रम कलेजकी ‘सिइओ’ शारदा शर्माको सभापतित्वमा सम्पन्न भएको हो ।