चितवन । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको तुलनामा ढुवानी भाडा नबढेको भन्दै व्यवसायीहरुले विरोध र आन्दोलन गर्दै आएका छन । जसअनुरुप उनीहरुले ढुवानीको भाडादर बृद्धि गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय, चितवन मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन । उनीहरुले आज प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
सरकारले पटक पटक पेटोलियम पदार्थको मुल्य बृद्धि गरेको तर विगत ६ वर्ष देखी ढुवानी भाडा नबढाएको भन्दै धादिङका व्यवसायी मनोज केसीको नेतृत्व सहित सय बढी व्यवसायीहरुले रामनगरमा जम्मा भएर आन्दोलनका कार्यक्रम घोषण गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
यही फाल्गुन २१ गते पहिलो चरणको आदोलन थालेको र यहि २८ गते भित्र आफुहरुको माग सम्बोधन नभए २९ गते देख देशैभरी ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन । व्यवसायीले आफनो ट्रक घरमै थन्काएर अनिश्चितकाल सम्म आन्दोलन गर्ने व्यवसायी केसीले बताए ।
ज्ञापन पत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी तामाङ्ले व्यवसायीका समस्या सम्बोधनमा आफुहरुले पहल गर्ने र ज्ञापन पत्र गृह मन्त्रालयमा पठाइने बताए ।ढुवानी भाडा बिगतको भन्दा कम्तिमा पनि २० प्रतिशत बढाईनु पर्ने,नेपालको सडकलाई पहाडी ,मध्य पहाडी र तराई गरी ३ भागमा बिभाजन गरी किलोमिटरको आधारमा भाडा तय गर्नु पर्ने, भाडा तय गर्दा आन्दोलनरत व्यवसायीको प्रतिनिधित्व हुनु पर्ने, बिदेशी मालबाहक सवारीको सामान नेपाली भन्सारमा पल्टि गरी नेपाली सवारी साधन मार्फत ढुवानी गराउनु पर्ने, नेपालको बोर्डर देखी नेपाल तर्फ १५ किलोमिटर सम्म मात्रै भारतिय सवारीलाई प्रवेश दिईनु पर्ने माग उनहरुको छ ।
यस्तै सडकका राखिएका धर्मकाँटाहरु राज्यको मातहतमा राखिनु पर्ने, प्रत्यक काँटामा क्यामरा जडान गरी निगरानी गर्नु पर्ने, गल्ती भेटिए ट्राफिक प्रहरीलाई निलम्बन गर्नु पर्ने, क्षमता भन्दा बढी सामान बोकेर आउने भारतिय साबरीसाधनको सामान जफत गरी कारबार्ही गर्नु पर्ने लगायतका माग पनि राखेका छन् । भारतमा भन्दा नेपालमा पेटोलियम पदार्थ सस्तो भएकाले भारतीयय मालबाहक सवारीले ३ वटा सम्म डिजल टंकी बोकेर आएर भारत फकर्दा नेपाली तेल भरेर फर्कने गरेकाले त्यसलाई रोकेर आयल निगमलाई व्यापार घाटा हुनबाट जोगाउनु पर्ने पनि आफुहरुको माग रहेको अर्का ब्यवसायी दिपेश हमाल बताउंँ छन् । मागहरु पुरा गराउन राज्यलाई ठुलै दबाव दिनु पर्ने भएकाले यो आन्दोलनमा सहभागी भई साथ र सहयोग गर्न सबै ब्यवसायीलाई केसीको आग्रह छ । यो राज्य संँगको वार की पारको लडाई भएको ब्यवसायी सुसिल पाठकले बताए ।