चितवन। कामना सेवा विकास बैंक लिमिटेडले चितवनका विभिन्न तीन ठाउंँबाट एकैपटक सेवा शुरु गरेको छ । बैंकले चितवनका ग्रामीण क्षेत्रका बैंकिङ्ग सेवाको पहुंँच पुर्याउन आफ्नो सेवा विस्तार गरेको हो । बैंकले चितवनको खैरहनी नगरपालिका वडा नम्बर स्थित पर्सा बजार, ं कालिका नगरपालिका वडा नम्बर ४ स्थित पदमपुरमा र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा शाखा कार्यालय विस्तार गरेको बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार बैंकले हालैमात्र सेवा शुरु गरेको र बैंकको औपचारिक शुभारम्भ चैत्र गर्नेछ ।
ग्रामिण क्षेत्रका सेवाग्राहीलाई सर्वसुलभ सेवा दिन र बैंकको पहुंँच पुरयाउन शाखा विस्तार गरिएको क्षेत्रीय प्रबन्धक भण्डारीको भनाई छ ।
बैंकले व्यवसाय विस्तारको क्रममा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको र सेवाग्राहीको माग र आवश्यकता अनुसार शाखा थप गर्दै लगेको हो । आगामी दिनमा पनि बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको भण्डारीले बताए ।
े बैंकका यस संगै देशभर १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएक मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।