चितवन । निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा केशवप्रसाद लामिछाने निर्विरोध निर्वाचित भएका छन । संघको २८ औं साधारण सभा तथा अधिवेशबाट लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।
संघको आजबाट शुरु भएको अधिवेशनमा अध्यक्ष पदमा लामिछानेको मात्रै उम्मेदवारी परेको छ । यसैगरी महिला सदस्य पदमा रोजिना भट्टराई निर्विरोध निर्वाचित भएकी छिन । अन्य पदमा भने आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार भोलि शुक्रबार बिहानसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारी फिर्ता नभए अन्य पदमा भोलि निर्वाचन हुने बताईएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु