चितवन । पूर्वि चितवनको भण्डारा दुग्ध सहकारीमा संचालक समितिले अनियमितता गरेको भन्दै कृषले विरोध गरेका छन् ।
संसथामा ब्यापक भष्ट्राचार भएको भन्दै कृषले विरोध गरेपनि साधारण सभा नै स्थगित भएको छ । दुग्ध सहकारीले दुध विक्रिमा घोटला गरेको उपभोक्ताको आरोप छ ।
राप्ती नगरपालिका ५ स्थित उक्त डेरीमा घोटला भएको भन्दै किसानले छानविनको माग गरेका छन् । एकलौटी ढंगबाट साधारण सभा गर्न थालेपछि कार्यक्रममै खैलाबैला भएको थियो । शनिवारको साधारण सभाको बन्दसत्र अनिश्चित बनेको छ ।
शनिवार आयोजित २४ औं साधारण सभा समेत विथोलिएको छ ।
अध्यक्ष दिल्लीप्रसाद थपलियाले किसानको हित विपरित काम गरेको किसानको आरोप छ ।
दुई लाखको ब्ल्याङ्क चेकमा हस्ताक्षर गराइएको भन्दै लेखापरिक्षण गरिएको प्रति विरोध भएको छ । त्यस्तै सहकारीबाट दैनिक पचपन्न लिटर दुधको हिसाबन देखिएको , गुणस्तरहिन दाना दिएको गुनासो छ ।
साधारण सभामा पेश गरिएको लेखा प्रतिवेदन अपुरो भएको सेयर सदस्य सदिप ओलीले बताए ।
राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल र उपप्रमुख इमानसिंह लामाले मन्तब्य दिने क्रममा संचालकको ढाकछोप गरेपछि हलका सहभागीले विरोध गरेका थिए ।
समितिले हेपाहा शैलीमा काम गरेको भन्दै विरोध भएको थियो ।
अध्यक्ष थपलियाले भने समान्य विमती रहेको भन्दै बसेर टुङ्ग्याउने बताए । संचालक भित्रबाटै कुरा उठेको भन्दै सहमति गराउने उनको भनाई थियो ।