चितवन । चितवनमा चारवटा ट्रकले भन्सार छलेर ल्याएका कपडा , फलामे छड सहित ट्रक बरामद भएको छ । ४ वटा ट्रकमा लोड गरी ल्याईएका ती सामाना प्रहरीले खैरहनी नगरपालिकाको पर्सा बजारबाट बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बुधबार सांँझ विरगञ्जबाट भन्सार छलेर सामान ल्याईएको भन्ने सुचनाको आधारमा प्रहरीले खैरहनी नगरपालिकाबाट बुधबार र आज गरी ती ट्रकहरुमा ल्याईएको सामान बरामद गरेको हो । ना ६ ख ११३, ना ६ ख ११६६, ना ६ ख ५०६१ र ना ७ ख ९२३४ नम्बर को ट्रकहरुमा भन्सार छली फलामको छडमाथी चोरी पैठारी गरी ल्याएको कपडाहरुको पोकाहरु फेला परेको कार्यालयका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार ना ६ ख ५०६१ नंम्बरको ट्रकमा २५ पोका, ना ६ ख ११३ नंम्बरको ट्रकमा २१ पोका, ना ६ ख ११६६ नं।को ट्रकमा १प पोका र ना ७ ख ९२३४ नं।को ट्रकमा ३१ पोका समेत गरी जम्मा ८७ पोकामा रहेको लत्ताकपडाहरु एक करोड पैतालिस लाख सतसठ्ठी हजार दुईसय रुपैया , चारवटा ट्रकमा फलामको छड प्रति ट्रक २१ टनका दरले जम्मा ८४ टन को अनुमानित मुल्य अठासी लाख सैतिस हजार तिन सय बाह्र रुपैयांँ रहेको छ । यस्तै सामान ल्याउने ४ वटा ट्रकसमेत लिलाम हुने भएको यसको मुल्य एक करोड पन्ध्र लाख रुपैया गरी तिन करोड उन्नपचास लाख बयासी हजार पाँचसय बाह्र रुपैया बराबरको सामान सहित ट्रक बरामद गरिएको अधिकारीले बताए ।
प्रहरीले चारवटै ट्रकका चालकलाई समेत नियन्त्रणमा लिएको छ । ना ६ ख ५०६१ नं।को ट्रक चालक राप्ती नगरपालिका वडा नम्बर ४को सुकमान गोले ,ना ६ ख ११३ नम्बरका ट्रक चालक सोही वडाका बिर बहादुर खुलाल तामाङ , ना ६ ख ११६६ नं।को ट्रक चालक निर बहादुर लामा र ना ७ ख ९२३४ नं।को वडा नम्बर ५ का े दिपक चौलागाईलाई नियन्त्रणमा लिईएको हो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको र बरामद सामान विरगञ्ज भन्सार पठाउन लागिएको प्रहरीले जनाएको छ ।