चितवन । राप्ती नगरपालिका वडा नम्बर ६ स्थित भण्डारामा नेपाली कांँग्रेसको नगर पार्टी कार्यालय स्थापना गरिएको छ । सो भवनको नेपाली कांँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उद्धघाटन गरेका हुन् । उद्धघाटनपछि बोल्दै डाक्टर महतले पार्टी कार्यालय स्थापनाले पार्टीको संगठन मजबुद र बलियो बनाउने बताउनु भयो । पार्टी कार्यालय स्थापना संँगै पार्टी विस्तार र संगठनको काम कारबाही गतिविधि अघि बढाउन सहज हुने उहांँको भनाई थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरु टेकप्रसाद गुरुङ , बाग्मती प्रदेशका उधोग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ , जिल्ला सभापती जीतनारायाण श्रेष्ठ , क्षेत्रीय सभापति किरणभुषण सिंह ओलि , राप्ति नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष अर्जुन अर्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला स्तरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
राप्तीको भण्डारामा नेपाली कांँग्रेसको पार्टी कार्यालय स्थापना
राप्तीको भण्डारामा नेपाली कांँग्रेसको पार्टी कार्यालय स्थापना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु